ब्रेकिंग न्युज

स्ववियू चुनावलाई लिएरअखिल क्रान्तिकारीमा २ समुहको छुटटा छुटटै तयारी




रुपन्देही १५ फागुन । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी पवन कार्की समूहले पञ्चा सिंह नेतृत्वको कमिटी भंग नगरिए छुट्टै म्यानल बनाएर आगामी स्ववियु निर्वाचन लड्ने चेतावनी दिएको छ ।निर्णय नमाने पञ्चा सिंहलाई कारबाही गर्नुपर्ने भन्दै बैठकले पञ्चा नेतृत्वको कमिटी भंग गरेर आयोजक कमिटी नबनाइए छुट्टै प्यानल खडा गरेर स्ववियू चुनाव लड्ने निष्कर्षसहित त्यहीअनुसार तयार रहन मातहतका कमिटीलाई निर्देशन दिएको प्रवक्ता उपदेश यादवले नेपाल प्रेसलाई जानकारी दिए ।
सो समूहले स्ववियू निर्वाचन केन्द्रित केन्द्रीय कमिटी बैठक सम्पन्न गर्ने क्रममा सिंह नेतृत्वको कमिटीको भंगको माग गरेको हो ।स्ववियु निर्वाचन विशेष केन्द्रीय समितिको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो ।बैठकमा स्ववियू चुनावपछि महाधिवेशन गर्ने गरी पार्टीले विवाद समाधानका लागि गरेको निर्णय आत्मसात गरेर लागू गर्न तयार रहेको निर्णय गरिएको छ ।
यस्ता छन् निर्णयहरु:
१ पार्टीले दिएको निर्देशन ९विद्यार्थी मोर्चामा देखिएका समस्याहरुलाई हल गर्न बैठक राखेर केन्द्रीय आयोजक समति निर्माण गर्ने र एकढिक्का भएर स्ववियू चुनावमा लाग्ने चुनाव पछाडि राष्ट्रिय सम्मेलन गर्ने । समानान्तर संगठन र गतिविधि गर्न नपाउने सो निर्णय कार्यान्वयन गराउन पार्टीलाई अनुरोध पनि गरेका छौं । यदी पार्टीको निर्णय पञ्चा सिंहले नमान्ने हो भने पार्टीले कारबाही गर्नु पर्छ । यदि संगठन आयोजक समिति मा परिमार्जन नहुने हो भने पार्टी अध्यक्ष संग सल्लाह गरेर हामी छुट्टै प्यानल घोषणा गरेर निर्वाचनमा जानेछौं ।
२ केन्द्रीय संयोजक पवन कार्कीको नेतृत्वमा १५५५ सदस्य स्ववियु निर्वाचन परिचालन समिति निर्माण गरिएको छ ।
३ संगठनको प्रवक्ता उपदेश यादवको नेतृत्वमा रहेको घोषणा पत्रको कार्य अन्तिम चरणमा रहेको र छिट्टै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने छ ।
४ देशै भरिका क्यामपसमा अखिल (क्रान्तिकारी) दर्ता गरेर हामी अगाडि बढ्नेरबढाउने छौं ।
५ देशै भरिका क्यामपसहरुमा उम्मेद्वार छनौट गर्न बालकुमार केसी , बसन्ता भण्डारी र प्रदेशका संयोजकहरु रहेको कार्यदल निर्माण गरिएको छ । देशै भरी वाट उम्मेदवारहरुको नाम सिफारिस प्राप्त गरे पश्चात पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने छौं ।
६ जिल्ला, प्रदेश र केन्द्रीय समितिको परामर्शमा क्यामपस कमिटीले आवश्यकता अनुसार विभिन्न संगठनहरु संग तालमेल र सहकार्य गर्न सकने ।
७ क्यामपस, जिल्ला, प्रदेश समितिहरूमा रिभलुस्नरी फोर्स गठन गरिने ।
८ स्ववियु निर्वाचन लगत्तै २३ औं राष्ट्रिय सम्मेलन गर्ने ।
९ रिक्त रहेको लुम्बिनी प्रदेशको इन्चार्ज मा धर्मराज न्यौपाने र संयोजक मा पवन शर्मा, कर्णाली प्रदेशको इन्चार्ज र संयोजक मा चन्द्र सापकोटा र सरस्वती सिंह, सुदूपश्चिमको संयोजकमा कैलाश चन्द्र गिरी लाई जिम्मेवारी दिइएको छ ।
१ साइबर ईन्टेलिजेन्ट ब्युरो टीम निर्माण गरिएको छ ।
११ सहकार्य तथा तालमेलको लागि सबै संगठन संग बार्ता गरिने छ ।

प्रकाशित : १५ फाल्गुन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६