पार्वती पाण्डे
कपिलवस्तु १५ फागुन । नेकपा एमालेको २ महिने मिसन ग्रास रुट अभियानले कार्यकर्तामा उत्साह जागृत गरेको छ भने आम जनतामा चुनाव सकिदासाथ एमाले फेरी चुनावकै तयारी किन लागि हाल्यो भन्ने कौतुहलता जगाएको छ । यसैक्रममा पार्टी सुदृढीकरण र विस्तारका लागि सोमवार कपिलवस्तुका बाणगंगा ,कपिलवस्तु नगरपालिका बिजयनगर गाउपालिका र शिवराज नगरपालिकामा अभिमुखीकरण कार्यक्रम भएका छन् ।
अभियान अन्तरगत कपिलवस्तु नगरपालिकामा नगरस्तरिय अभिमुखीकरण गरिएको छ । कार्यक्रममा बोल्दै एमालेका केन्द्रीय सस्दस्य एवं प्रदेश सांसद भुमिश्वर ढकालले एमाले सत्तामा हुदा कामबाट अब्बल बन्ने र प्रतिपक्षमा हुदा जनताको पक्षमा दबाब सिर्जना गरेर फेरि पनि अब्बल बन्ने बताउनु भयो । सो कार्यक्रममा पाटीका जिल्ला अध्यक्ष डम्मर शर्माले बोल्दे मिशन ग्रासरुट अव हुने निर्वाचनमा एमाले एक्लैले ५१ प्रति जित्ने अभियानको एक अंश भएको बताउनु भयो । यसै विच वाणगंगाको वडा नं ३ मा एमालेका प्रदेश नेता वावुराम खनालले बोल्दै एमालेले हरेक जनताका घरमा पुगेर संगठन मजवुत पार्ने वताउनु भयो ।
वडामा विभिन्न योजना बनाएर जिम्मेवारी दिइएको पाटीका जिल्ला नेता हुमनाथ पाण्डेले बताउनु भयो ।त्यस्तै अभियान अन्तगरगत वडा नं १० एमालेका जिल्ला नेता गोकर्ण पोख्रेलले समृद्ध नेपाल , सुखी नेपाली एमालेको परिकल्पनालाई साकार पार्न ग्रास रुट अभियान कोशेढुंगा साबित हुने बताउनु भयो । कार्यक्रममा बोल्दै पाटी प्रचार विभाग उपप्रमुख पार्वती पाण्डेले मुलुक समृद्ध हुन कुन दलको निति कार्यक्रम राम्रो हुन्छ भन्ने कुरामा जनताले विचार पुर्याउनु पर्ने जनाउदै विवेक पुर्याएर दलमा संगठित हुन समेत सबैमा आवहान गर्नु भयो ।
कार्यक्रममा वडा अध्यक्ष शिवचरण चौधरीले चैत्र ११ गते सम्मका विभिन्न योजनाहरु निमार्ण गरि जिम्मेवारी समेत प्रदान गरिएको जनाउनु भयो । कार्यक्रमको सञ्चालन सचिव सत्यनारायण चौधरीले गर्नु भयो थियो । यस्तै अभियान अन्तरगत नगरको वडा २ र ९ पनि कार्यक्रम गरिएको छ । वाणगंगा नगरमा जिम्मेवारी अनुसार सक्रियतापुर्वक ग्रास रुट अभियान तिब्र पारिएको नगर अध्यक्ष युवराज पोख्रलले बताउनु भयो । अभियानमा जनताको उत्साहजनक उपस्थित रहेको समेत नेता पोख्रेलले बताउनु भयो ।पाटीको ग्रास रुट अभियान जिल्लाभर नै उत्साह पुर्वक भएको पार्टी प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासेले जनाउनु भयो ।
यता नेकपा एमाले शिवराज नगर कमिटिले मिसन ग्रासरूट अभियानको सुभारम्भ गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै जनताको पक्षमा रहनका लागि सरकारमा नरहेर पनि जनताको घरदैलोमा पुग्न जरूरी रहेको नेकपा एमाले केन्द्रीय कमिटि सदस्य पशुपति दयाल मिश्राले बताउनुभयो ।श्रमीकहरूको पार्टि नेकपा एमाले भएकोले ब्यक्ति पुजिपती बनाउन भन्दा राज्य पुजिपती बनाउई जनताको आधारभुत आवस्यकताको ग्यारेन्टि गर्ने सरकार नेकपा एमालेबाट मात्र सम्मभव भएको मिश्राले बताउनुभयो ।
केहि स्वार्थले लुलुप्त नेताहरूले गर्दा संगठनात्मक अराजकता अवस्था श्रीजना भएकोले आफ्नै पार्टिका नेताहरूले सरकार विरोधि गतिविधि संचालन गरी पार्टि विगठन भएता पनि नेपाली जनताको बिकास र समृद्धिका लागि नेकपा एमालेलाई जनताको घरदैलो सम्म पुर्याउन मिसन ग्रासरूट अभियान संचालन गरेको मिश्राले बताउनुभयो ।कार्यक्रममा नेकपा एमाले अब जनातको घरमा जाने जनताको समस्या बुझ्ने सवालमा अग्रपंत्तिमा उभिने पार्टी भएको लुम्बिनी प्रदेश कमिटि सदस्य जन्जीर प्रसाद चौधरी प्रदेश कमिटि सदस्य, प्रभा पाडेल, नेकपा एमाले सचिवालय सदस्य पितम्बर खनाल लगायतले जोडदिनुभयो ।
अभियानलाई सार्थक बनाउनशिवराज नगरपालिकाको विभिन्न नेताहरूको जिम्मेवारी बाडफाड समेत गरिएको छ । कार्यक्रममा स्वागत मनतब्य शिवराज नगर कमिटि उपाध्यक्ष महादेव पोख्रेल, संचालन सचिव शरद अधिकारी र नगर कमिटि अध्यक्ष जगत पौडेलले अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रतिक्रिया