प्रदेश

स्वास्थ्य मन्त्री पन्थीद्धारा भैरहवाको भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक उद्घाटन



भैरहवा, १६ फागुन । रुपन्देहीको जिल्ला अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवाको सेवा सुरु भएको छ । सेवा विस्तार गर्दै गइरहेको अस्पतालले यस प्रदेशकै पहिलो जिल्ला अस्पतालको रुपमा सिटी स्कयान सेवा सुरु गरेको हो ।

२ करोड ७४ लाख ४० हजार रुपैयाँ लागतमा ३२ स्लाइसको सिटी स्क्यान मेसिन र ब्लड बैंक सेवाको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थीले उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री पन्थीले वर्षौंको इतिहास बोकेको सिद्धार्थनगरको गौरवको रुपमा भीम अस्पताल रहेको बताउँदै कोरोनाकालमा यस अस्पतालले प्रदेश सरकारलाई गुन लगाएको बताए ।

सीमित स्रोतसाधनका बाबजुद अस्पतालले राम्रो सेवा प्रदान गरेको बताउँदै उनले प्रदेश सरकारले अस्पतालका लागि चाहिने आवश्यक न्यूनतम जनशक्ति उपलब्ध गराउनमा कमि नगर्ने र प्रदेश सरकारले यो अस्पताललाई प्रथामिकता दिँदै उल्लेखीय बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको बताए ।

हालै मात्रै करिब ४० लाखको लगानीमा लायन्स भिडियो एक्सरे र इसीजी सेवा सुरु गरेको अस्पतालले बिरामीहरुलाई थप सेवा प्रदान गर्ने उद्देश्यले सिटी स्क्यान र यहाँ उपचार गर्ने बिरामीहरुको लागि सहजता र सुविधा दिने उद्देश्यले ब्लड बैंकको स्थापना गरिएको अस्पतालका अध्यक्ष नरायण भण्डारीले बताए ।

प्रकाशित : १६ फाल्गुन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६