भालुवाङ १७ फागुन । लुम्बिनी प्रदेशसभाको बैठक आज फागुन १७ गते बस्ने भएको छ। झण्डै एक महिनापछि सभामुखको निर्देशन अनुसार बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ। प्रदेशसभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक दिउँसो १ बस्ने छ। लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ। यसअघि प्रदेशसभाको बैठक गत माघ २० गते बसेको थियो।
१७ फाल्गुन २०७९, बुधबार
प्रतिक्रिया