प्रदेश

एलपीजी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आयो



काठमाडौँ, १७ फागुन । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले एलपीजी बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने गर्छ । यही व्यवस्थाअन्तर्गत आज १ तारिखमा नयाँ मूल्यसूची आएको हो ।

नयाँ मूल्यसूचीअनुसार खाना पकाउने एलपीजी ग्यासको मूल्य ३३९ रुपैयाँ प्रतिलिसिन्डर बढेर आएको छ । यससँगै, एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुगेको छ । जबकि, निगमले प्रतिसिलिन्डर १८ सय रुपैयाँमा एलपीजी ग्यास बिक्री गर्दै आइरहेको छ ।

यसबाहेक अन्य सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १।२१ रुपैयाँ घटेको छ ।

यस्तै, डिजेलको मूल्य प्रतिलिटर ५।०५ रुपैयाँ घटेको छ भने हवाई इन्धनको मूल्य ७ रुपैयाँ प्रतिलिटर र मट्टितेलको मूल्य प्रतिलिटर ३।४० रुपैयाँ घटेर आएको छ ।

एलपीजी ग्यासबोहक सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा ४० करोड रुपैयाँ आसपास नाफा हुने देखिएको छ ।

एलपीजी ग्यासको घाटा मात्रै १५ दिनमा ९३ करोड रुपैयाँ हुने निगमले जनाएको छ । यो घाटालाई अन्य पेट्रोलियम पदार्थको मूल्यले कभर गरेपछि १५ दिनमा ४० करोड नाफा हुने जनाइएको छ ।

प्रकाशित : १७ फाल्गुन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६