अर्थ-वाणिज्य

नेपालमा दोस्रो मोडलको वन व्यवस्थापन शुरु




कपिलवस्तु १७ फाल्गुन।लुम्बिनी प्रदेश अन्तर्गत वन संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यको सुरुवाँत भएको छ। यो शुभारम्भ गरिएको कार्यक्रम नेपाल मै दोस्रो कार्यक्रम हो। अर्घाखाँचीको सितगंगा नगरपालिकामा रहेको धिरिखोला सामुदायिक वनमा रहेको सालको रुख कटान गरी कार्यक्रमको शुभारम्भ गरिएको हो। सरकारले वैज्ञानिक वन व्यवस्थापनमा अनियमितता भएको भन्दै विगत दुई वर्ष अघि देखि रुख कटान रोक्दै आएको थियो।
वैज्ञानिक बन व्यवस्थापनको साटो सरकारले संघीय वन ऐनमा संशोधन गरी वन सम्वद्र्धन समावेश गरी वन ऐन २०७९ मा त्यसको व्यवस्था गरेको छ। सोही कुरालाई मनन गर्दै लुम्बिनी प्रदेश सरकारले वन ऐन र नियमावली ल्याएर वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन मापदण्ड २०७९ ल्याएको डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजनल वन अधिकृत विजयराज सुवेदीलेले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै उहाँले वैज्ञानिक व्यवस्थापनको ब्यानर पढेर शुभारम्भ गर्नुभएको हो सो लगत्तै बैजलपुर धिरिखोला सामुदायिक वनमा रहेको पुरानो सालको रुख मेशिनले कटान गरिएको थियो। वन अधिकृत विजयराज सुवेदीले यो अवधारणा लागु भएसंगै अब वन व्यवस्थापन गर्न बाटो खुला भएको बताउनुभयो ।सुवेदीले वन संवर्द्धन प्रणालीको बारेमा जानकारी दिँदै यस बनमा कार्य योजना बमोजिम यस वर्ष पुनरुत्पादन कटान, थिनिङ र पुनरुत्पादन तयारी कटानलगायत वन संवद्र्धनका कार्यहरु हुने बिषयमा जानकारी दिनुभयो।

डिभिजन वन कार्यालय अर्घाखाँचीका डिभिजनल वन अधिकृत इस्वरी पौडेलले यो अवराधारण लागु भएसंगै अब काठको आपुर्ति सहज हुने बताउनुभयो । वैज्ञानिक वन व्यवस्थापनको कार्यक्रम २०६७/०६८ मा कपिलवस्तु जिल्लाबाट शुरुवात भएको थियो। सरकारले ०७७ जेठ १५ गते वैज्ञानिक वन व्यवस्थापन खारेज गरेको थियो। उपभोक्ताहरुको अधिकार कटौती हुनेगरी राज्यले एक्कासी रोक लगाएको हुँदा उपभोक्ताहरुको हक अधिकारको लागि वैज्ञानिक बनको माग गर्दै आन्दोलन कपिलवस्तु र अर्घाखाँचीबाट शुरुवात गरिएको उहाँले बताउनुभयो ।
मु्लुक मै दोस्रो पटक वन व्यवस्थापन लागु भएको धिरिखोला सामुदायिक वनका पुर्व अध्यक्ष प्रकाश पौडेलले विगत अढाई वर्षबाट वन व्यवस्थापनका कामहरू ठप्प भएको कार्यक्रमलाई पुनः यसै जिल्लाबाट नै शुभारम्भ गर्न पाउँदा खुसी लागेको बताउनुभएको छ ।

प्रकाशित : १७ फाल्गुन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६