दाङ १७ फागुन ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले परम्परागत शैलीका योजना रकार्यक्रमलाई अवको वजेटमा निशेध गर्ने वताउनु भएको छ ।उहाले अवका योजना मापन योग्य, स्पष्ट नतिजाको संभावना युक्त र स्मार्ट किसीमका हुनु पर्ने प्रष्टाउनु भयो । उहाले वर्तमानमा कार्यसम्पादनलाई तीब्र बनाउन निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७९÷२०८० को हालसम्मको प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले परिणाम निस्कने गरी कार्यसम्पादन गर्न मन्त्री र कर्मचारी प्रशासनलाई निर्देशन दिनुभएको हो ।प्रदेश सरकार राजधानीको निर्णय कार्यान्वयनको चरणमा रहेको भन्दै मुख्यमन्त्री गिरीले मुलुककै लुम्बिनी प्रदेशलाई उत्कृष्ट प्रदेश बनाउनतर्फ सबै लाग्नुपर्ने बताउनुभयो । परम्परागत योजना र कार्यक्रमले जनताको जीवनस्तरमा परिवर्तन नल्याउने भन्दै मुख्यमन्त्री गिरीले परिवर्तीत सन्दर्भमा नवीन कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । सरकारले कृषिलाई मुख्य प्राथमिकताको क्षेत्रका रुपमा लिएको भन्दै मुख्यमन्त्री गिरीले विशेष योजना बनाएर अगाडि बढ्न कृषि मन्त्रालयलाई निर्देशन दिनुभयो ।
कृषिसँगै वनसम्पदाको प्रचुर मात्रामा सदुपयोग गर्नुपर्ने मुख्यमन्त्री गिरीको भनाइ थियो । स्थानीय तहको सहभागीतामा वातावरण नबिग्रने गरी नष्ट भइरहेका वनसम्पदाको सदुपयोग गर्नुपर्ने भन्दै मुख्यमन्त्री गिरीले यसतर्फ योजना बनाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभयो । लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको हालसम्म २४.३२ प्रतिशत बजेट खर्च भएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव दीपकराज नेपालले चालु आर्थिक वर्षको माघ मसान्तसम्म प्रदेश सरकारका मन्त्रालयगत जम्मा खर्च २४.३२ प्रतिशत रहेको जानकारी दिनुभयो । उहाँका अनुसार चालु खर्च २८.८९ र पूजीगत खर्च २०.९८ प्रतिशत रहेको छ । समीक्षा कार्यक्रममा मन्त्रालयका सचिवहरुले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
१७ फाल्गुन २०७९, बुधबार
प्रतिक्रिया