विराटनगर १८ फागुन । प्रदेश १ को नाम कोसीको पक्षमा ८२ जना प्रदेश सभा सदस्यले मतदान गरेका छन् । विपक्षमा ४ मत खसेको छ । ९३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा ८२ जना सांसदले कोसीको पक्षमा मत हालेपछि प्रदेशको नाम कोसी राखिएको हो । यो मत प्रदेश सभा सदस्यको दुई तिहाइ मत हो ।कोसी नामको प्रस्तावमा एमालेका ४० कांग्रेसका २६ , माओवादीका ११ र राप्रपाका ५ जनाले मत हाले ।
एमालेका प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक र निरन राई र बिदुर लिङ्थेपको समर्थनमा कोसी नाममा एमाले, कांग्रेस, माओवादी र राप्रपाका प्रदेश सभा सदस्यहरूले मतदान गरेका छन् ।कोसी नामको प्रस्तावमा एमालेका ४०, कांग्रेसका २९ र माओवादीका १२ जना प्रदेश सभा सदस्यहरूले मतदान गरेका छन् । १३ सांसद रहेको माओवादीका बाबुराम गौतम सभामुख छन् ।सो प्रस्तावको विपक्षमा ४ मत परेको छ । समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले हालेको संशोधन प्रस्ताव पुनः अस्वीकार गरेको थियो । उनले किराँत लिम्बुवान कोसी प्रदेशको प्रस्ताव प्रदेश सभामा टेबुल गरेका थिए ।
प्रतिक्रिया