प्रदेश

राष्ट्रपतिमा मत माग्दै एमाले नेताहरू रास्वपा कार्यालयमा



काठमाण्डाै, १८ फागुन । नेकपा एमालेका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे कार्यालय बसुन्धरा पुगेका छन् । राष्ट्रपतिमा पार्टी उपाध्यक्षसमेत रहनुभएका सुवास नेम्वाङलाई मत माग्न एमाले नेताहरू बिहीवार दिउँसाे रास्वपा पार्टी कार्यालय पुगेका हुन् ।

रास्वपा सभापति रवि लामिछानेलगायतका नेताहरूसँगकाे भेटमा एमाले नेताहरूले नेम्वाङकाे पक्षमा मतदान गर्न आग्रह गरेका छन् । भेटमा एमालेबाट राष्ट्रपति उम्मेदवार नेम्वाङसहित उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव याेगेश भट्टराईलगायत नेताहरू सहभागी छन् । यस्तै रास्वपाबाट सभापति लामिछाने, उपसभापति डोरप्रसाद अर्याल, महामन्त्री मुकुल ढकाललगायत नेताहरू छन् ।

यसअघि एमाले नेताहरू नेम्वाङलाई मत माग्दै आजै दिउँसो नेकपा एकीकृत समाजबादीकाे कार्यालय पुगेका थिए ।

प्रकाशित : १८ फाल्गुन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६