ब्रेकिंग न्युज

ग्रासरुट अभियान : शुद्धोधन २मा वृहत भेला ,२१ सदस्य वडा कमिटी पुनर्गठन



पशुपति गिरी
कपिलवस्तु १९ फागुन।नेकपा एमाले कपिलवस्तुको पार्टी विस्तार तथा सुदृढीकरण अभियान अन्तरर्गत शुद्धोधन गाउँपालिका २ नम्बर वडामा वृहत अभिमुखीकरण भेला सम्पन्न भएको छ । उक्त भेलाबाट इमेस तेलीको अध्यक्षतामा २१ सदस्य वडा कमिटी पुर्णगठन गरेको वडा कमिटीले जनाएको छ । उक्त भेलाबाट नवगठित कमिटीलाई नेकपा एमालेका जिल्ला सदस्य तथा उक्त कार्यक्रमका विशेष अतिथी सुन्दर पाण्डेले पदतथा गोप्यनियताको सपथ खुवाउनु भएको हो ।

एमाले जिल्ला सदस्य बाबुराम अर्याल ,बिस्वास जि.सी. को विशेष आतिथ्यता त्यसैगरी शुद्धोधन गाउँपालिका कमिटी अध्यक्ष रामविलास चौधरीको स्वागत मन्तव्यमा सम्पन्न भेलाबाट प्रत्येक टोल कमिटि गठन गर्ने, निस्क्रिय रहेको जनवर्गिय सघंगठनको पुनर गठन गर्ने, नयाँ कमिटी बनाउनु परेमा नयाँ बनाउने, पार्टि सदस्यता वितरण र नविकरण गर्ने ,पार्टी प्रशिक्षण सञ्चालन गर्ने , स्थानीयतह सँग जन्ताका समस्याहरु समाधान गर्न लाग्ने,र वडा नं.२मा भएका विकासका योजनाहरुलाई पुरा गर्नका लागी पार्टी कमिटी मार्फत विभिन्न निकायसँग समन्य गर्ने जस्ता महत्वपूर्ण योजनाहरु बनाइएका छन ।

उक्त कार्यक्रममा बाबुराम अर्यालले पार्टीको यो अभियानबाट देशव्यापीरुपमा पार्टीका संगठित सदस्यहरु गुणात्मकरुपमा बृद्धि हुने र शुद्धोधन गाउँपालिका मा यो अभियान पुरा हुर्दा नेकपा एमालेको लालकिल्लाको रुपमा स्थापित हुने कुराको जिकिर गर्दै श्रमीकहरूको पार्टि नेकपा एमाले भएकोले ब्यक्ति पुजीपति बनाउन भन्दा राज्य पुजिपती बनाई जनताको आधारभुत आवस्यकताको ग्यारेन्टि गर्ने सरकार नेकपा एमालेबाट मात्र सम्मभव भएको बताउनुभयो । त्यसैगरी केहि स्वार्थले लुलुप्त नेताहरूले गर्दा संगठनात्मक अराजकताको अवस्था श्रीजना भएकोले पार्टि सुदृढीकरण अभियान मार्फत नकारात्मक पक्षलाइ निस्तेज पार्ने बताउनु भयो । यस्तै जिल्ला कमिटी सदस्य बिस्वास जि.सी. ले परिक्षणात्मक भनाइहरु राख्नु भएको थियो ।

प्रकाशित : १८ फाल्गुन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६