प्रदेश

हरेक पालिकामा अस्पताल निर्माण भए सँगै एमालेको पहिचान बढ्दैछ




कपिलवस्तु १९ फागुन ।
नेकपा एमालेको ग्रासरुट अभियान अन्तर्गत कपिलवस्तुको बुद्धभुमि नगरपालिका २ नम्बर वडा स्तरीय भेला सम्पन्न भएको छ । केन्द्रीय सल्लाकार समिटि सदस्य इन्द्रमणी पौडेलले ओली नेतृत्वको सरकार ढले पछि बनेका २ सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताउनु भयो ।
थारु कल्याणकारी सभा हलमा सम्पन्न भेलामा सम्बोदन गर्दै एमाले जिल्ला अध्यक्ष डम्वर शर्माले ओली नेतृत्वको सरकार ढले पछि कपिलवस्तुका ठुला योजना अलपत्र परेको बताउनु भयो । ओली नेतृत्वको सरकारको पालामा निर्माण सुरु भएको तिलौराकोट गुरु योजनाको हाल सम्म पनि सार्वजनिक नभएको टिप्पणी गर्नु भयो ।


एमाले नेतृत्वको सरकारले हरेक एक पालिका एक अस्पतालको नीति अनुसार अस्पताल निर्माणको काम अगाडी बढेको बताउनु भयो । बुद्धभुमिमा निर्माण भएको अस्पताल एमालेको नीति अनुसार बनेको जिकिर गर्नु भयो ।


वडा भेलामा एमाले जिल्ला सचिवालय टुकलाल गैरे जिल्ला सदस्य, इश्वरी प्रसाद खनाल, ठाकुर प्रसाद आचार्य, नगर सचिव धुव्र बेल्वासे लगायतको सहभागिता रहेको थियो । भेला कर्ण बहादुर महराको स्वागत, लोकनाथ न्यौपानेको संचालन र जिवलाल घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित : १९ फाल्गुन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६