कपिलवस्तु १९ फागुन । बाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा संचालित २ महिने नेपाली सांकेतिक तालिम कक्षाको शुक्रबार औपचारिक रुपमा सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको सहयोगमा कपिलबस्तु बहिरा संघको आयोजनामा संचालित तालिम शुक्रबार औपचारिक रुपमा सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै नगर प्रमुख चक्रपाणी अर्यालले यहाका बहिरा बालबालिकाहरु शिक्षाबाट बंचित रहेकोले बाणगंगा नगरपालिकामा पनि बहिरा विद्यालय संचालनको लागि पहल थालेको बताउनुभयो ।
यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषालले फरक क्षमता भएका व्यक्तिहरुले सांकेतिक भाषाको सिप सिकेर साथिहरु विचमा कुरा गरेको देख्दा खुसी लागेको बताउनुभयो । कार्यक्रममा वडा नंं. ४ का कार्यबाहक वडा अध्यक्ष एवं वडा सदस्य पवित्रा नेपालीले फरक क्षमता भएका व्यक्तिहरुको क्षमता अभिबृद्धिका निम्ती वडाबाट पनि सहयोग गदै जाने बताउनुभयो । रिंकु गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बहिरा संघका कोषाध्यक्ष ज्ञान बहादुर सुवेदीको संचानलमा सम्पन्न भएको हो ।
१९ फाल्गुन २०७९, शुक्रबार
प्रतिक्रिया