प्रदेश

निःशुल्क आँखा परीक्षणमा ६ सय बढी लाभान्वीत




कपिलवस्तु, २० फागुन ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ५ ले वडाका ६ सय बढी नागरिकको निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न गरेको छ । वडा नम्बर ५ को आयोजना तथा नेत्र ज्योति संघ तौलिहवा कपिलवस्तुको प्राविधिक सहयोगमा आयोजना गरीएको एक दिने निःशुल्क आखाँ शिविरमा ६२८ जनाको आँखाको परिक्षण तथा उनीहरुलाई निःशुल्क औषधि पनि वितरण गरिएको वडा अध्यक्ष दुनिका प्रसाद भुसालले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष भुषालको अध्यक्षता सहित नेत्र ज्योति संघ तौलिहवाका अध्यक्ष रमेश शर्माको प्रमूख आतिथ्यता रहेको थियो । वडा सदस्य ज्ञानबहादुर कार्कीको स्वागत मन्तव्य सहित कार्यक्रममा बाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमूख ठग राज पौडेल, कोपवा स्वास्थ्य चौकी प्रमुख कृष्ण घिमिरे लगाएतको आतिथ्यता रहेको थियो भने कार्यक्रममा वडाका जन प्रतिनिधि तथा टोलविकास संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको वडा अध्यक्ष भुसाालले जानकारी दिनुभएको छ ।आज आँखाको परिक्षण गरिएका मध्ये १ सय १५ जनामा मोतियाविन्दुको समयस्याा देखिएको छ ।

उनीहरुलाई आइतबार देखि तौलिहवा स्थित आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने वडा कार्यालयले जनाएको छ ।कार्यक्रममा वडा अध्यक्ष भुषालले वडा नम्बर ५ का सबै विपन्न नागरिकहरुलाई वडाले विभिन्न खालका कार्यक्रमहरुमा बजेट विनियोजन गरी उनीहरुको सहजताका लागि कार्यक्रमहरु गर्ने बताउनुभयो । उहाँले अब कुनै पनि नागरिकलाई आँखाको समस्या लिएर जीवन बिताउनु नपर्ने गरी वडाले काम गर्ने पनि उहाँले बताउनु भएको छ ।

प्रकाशित : २० फाल्गुन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६