अर्थ-वाणिज्य

सिनर्जी सहकारीको अबको मिसन : उद्यमशिलता प्रर्वद्धन



हरि घिमिरे
कपिलवस्तु, २० फागुन ।कपिलवस्तुको बाणगंगा नगरपालिका केन्द्रीय कार्यलय रहेको सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाले उद्यमशिलता प्रर्वद्धनमा जोड दिएको जनाएको छ । सहकारीले आर्थिक वर्ष २०७९\०८० को चौमासिक प्रतिवेदन प्रस्तुत गर्दै यस्तो जानकारी गराएको हो । संस्थाले उद्यमशिलता प्रर्बद्धन, रोजगारी सिर्जना, बजार प्रर्वद्धनमा जोड दिएको संस्थाका अध्यक्ष लक्षमण बेल्वासेले जानकारी दिनु भयो ।
सहकारीले चार महिनामा भए गरेका थप कार्यको प्रतिवेदन प्रस्तुत गरेको हो । प्रस्तुत प्रतिवेदनमा संस्थाको आर्थिक वर्ष २०७९\०८० को वित्तीय अवस्था, सहकारीले प्रदान गरेका सेवाहरु प्रयोग गर्नेको संख्या, तालिमहरु तथा सीप विकास तर्फ भए गरेका कार्य विवरण, विभिन्न क्षेत्रमा पेश भएका प्रस्तावना, निमार्ण भएका नीति तथा कार्यविधि लगाएतका विषय समेटिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
जसमा सहकारीले प्रदान गरेका सेवाहरु प्रयोग गर्नेको संख्या कुल संख्या ९ हजार ७ सय २१ मध्य ऋणी सेवा लिने सदस्य संख्या १ हजार १ सय ५८ रहेको छ । त्यस्तै मोबाइल बैकिङ् सेवा प्रयोग गर्ने सदस्य संख्या ६ सय ८१, एटिएम सेवा प्रयोग गर्नेको संख्या १ सय ८१ तथा क्यू आर कोड मार्फत सेवा लिनेको संख्या ९८ रहेको छ ।
यस्तै सहकारीले ऋणी सदस्यहरुको १० लाख सम्मको ऋणको विमा गर्ने कार्य शुरु भएको जनाएको छ । हाल सम्म २६ जना नयाँ ऋणी सदस्यको विमा भएको प्रतिवेदनमा प्रस्तुत गरिएको थिायो । सहकारीले १३औ कपिलवस्तु महोत्सवमा यहि माघ १७ गते देखी २९ गतेसम्म सहकारी बजारलाई महोत्सवमा प्रदर्शनमा राखेको थियो । महोत्सवको सहकारी बजारमा स्थानिय स्तरमा उत्पादित सामाग्रीहरु, पहाडि तथा हिमाली भेगका उत्पादनलाई बिभिन्न ४० प्रकारका खाद्य सामाग्रीहरु बिक्रीका लागि राखिएको थियो । जसले सहकारीको प्रबद्र्धन गरेको चौमासिक प्रतिवेदनले ठहर गरेको छ ।

कार्यक्रममा वित्तिय प्रतिवेदन व्यवस्थापक दिनामणी खनालले प्रस्तुत गर्नुभएको थियो भने अन्य प्रतिवेदनमाथी अध्यक्ष लक्ष्मण प्रसाद बेल्वासेले प्रष्ट पार्नुभएको थियो ।सहकारीले संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार समिति र सेवाकेन्द्र संयोजक हरुको उपस्थितिमा आन्तरीक चौमासिक प्रतिवेदन प्रस्तुत गरेको जनाएको छ । सहकारीले शनिवार आफ्नै सभाहलमा कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्वासको अध्यक्षता, उपाध्यक्ष कुलराज पौडेलको स्वागत रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव कृष्णप्रसाद न्यौपाने गर्नुभएको थियो ।

प्रकाशित : २० फाल्गुन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६