खोज–अनुसन्धान

लगातार ३ पटक जित्दै बाणगंगाले पच गर्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड




कपिलवस्तु २१ फागुन ।लगातार ३ पटक प्रतियोगीता जित्दै कपिलवस्तुको बाणगंगा नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपनि रनिङ शील्ड पच गरेको छ । कपिलवस्तुमा संपन्न १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड बाणगंगा नगरपालिकाले जितेको हो । जिल्ला खेलकुद विकास समिति र बुद्धभुमी नगरपालिकाको आयोजनामा बुढ्ढीमा ३ दिन सम्म चलेको प्रतियोगीतामा २६ स्वर्ण ३ रजत र ६ कास्य पदक जित्दै बाणगंगा जिल्ला प्रथम भएको हो । जितसंगै बाणगंगा नगरपालिकाकालाई ५० हजार नगद, शिल्ड, मेडल प्रदान गरिएको छ ।बाणगंगाले यसभन्दा अगाडीका दुई प्रतियोगीतामा पनि उपाधि जितेको थियो । बाणगंगाले लगातार तीन पटक रनिङ शिल्डको उपाधि जितेर शील्ड समेत पच गरेको छ ।
प्रतियोगीतामा बुद्धभूमि नगरपालिकाले ९ स्वर्ण, ३ रजत र ६ कास्य पदक जित्दै दोस्रो भएको छ ।उसले ३० हजार गद पप्त गरेको छ । यस्तै शिवराज नगरपालिकाले ५ स्वर्ण, २८ रजत र ३ कास्य पदक जितेर तेस्रो भई नगद २० हजरा हात पारेको छ । ५ पालिकाको सहभागीता रहेको प्रतियोगीतामा शुद्धोधन गाउँपालिकाले ३ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्दा कपिलवस्तु नगरपालिकाले ७ रजत र ९ कास्य पदक जितेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्यायले बताए ।
यस्तै एथलेटिक्स तर्फ बाणगंगा नगरपालिकाका रोहित कुमार गुप्ता र शिवराज नगरपालिकी छात्रा पुर्णिमा थारु उत्कृष्ठ खेलाडी घोषित भए । यसै गरी मार्च मास तर्फ बुद्धभुमी नगरपालिका उत्कृष्ठ हुदै नगद १० हजार हात पारेको छ ।

बिजयी खेलाडीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्य, बुद्धुभुमी नगरपालिकाका मेयर केवश कुमार श्रेष्ठ र बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले शील्ड नगद, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए । प्रतियोगीतामा छात्र तर्फ कबड्ती तर्फको उपाधि घोषणा नगरिएको जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव मीन प्रसाद पोख्रेलले बताए।
शनिबार अन्तिम खेलमा खेलाडी बीच विवाद हुँदा छात्र तर्फको विजयी घोषणा नगरिएको र यसबारे पछि निर्णय लिइने सदस्य सचिव पोख्रेलले बताए । यस खेलमामा बाणगंगा र कपिलवस्तु नगरपालिकाका खेलाडी बीच प्रतिस्पर्धा छ । प्रतियोगीतामा बोल्दै जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले विद्यार्थीको प्रतिभा प्रष्फुटनका लागि यस्ता प्रतियोगीता महत्वपूर्ण हुने बताए । प्रतियोगीतामा सबै पालिकाको सहभागीता हुन नसक्नु दुखद पक्ष भएको भन्दै आगामी दिनमा यसबारे खेलकुद समितिले चासो राख्नुपर्ने बताए ।
उता बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिका बिच भएको कबड्डी खेलमा बिवाद पछि हानाहान भएको थियो । घटनामा बाणगंगा नगरपालिकाका एक जना बिद्यार्थी घाईते समते भएका छन । घटनाको आरोपमा कपिलवस्तु नगरपालिकाका ९ जना बिद्यार्थीलाक्ष्ई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय गोरुसिंगेमा राखिएको छ ।

प्रकाशित : २१ फाल्गुन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६