प्रदेश

सबै विभाजित माओवादीहरु एक हुने समय आएको छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै विभाजित माओवादीहरु एक हुने समय आएको बताएका छन् । जनयुद्धका सहिद तथा वेपत्ता सन्तती फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले समयले सबै माओवादीहरुलाई एक ठाउँमा बनाउन थालेको बताएका हुन् ।

‘मैले पटक पटक, चाहे जनयुद्ध दिवसका दिन होस् । चाहे सहिद दिवसको दिनको कुरा होस् । जनयुद्धको पहिलो सहिद दिलबहादुर रम्तेलको सन्दर्भमा गोरखामा गएर अपिल गरेँ । अब समय आएको छ, सबै माओवादीहरु एक ठाउँमा केन्द्रीत हुन जरुरी छ’ प्रचण्डले भने, ‘माओवादी आन्दोलन ठूलो प्रवाहको रुपमा अगाडि आयो । शान्ति प्रक्रियामा आएपछि विभिन्न भंगालाहरुको रुपमा विभाजित भयो । अब समय बग्दै जाँदा ती सबै भंगालाहरु मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आयो ।’

सबै विभाजित माओवादी नेताहरुले पाएको शिक्षालाई आफ्नो सम्पत्ति सम्झेर एकता गर्नुपर्ने प्रचण्डले बताए । ‘बाबुरामजीले हासिल गरेका अनुभवहरु, विप्लवजीले हासिल गरेका अनुभवहरु, धर्मेन्द्रजीले हासिल गर्दै हुनुहुन्छ । किरणजीले हासिल गरेका अनुभवहरु, ती सबै अनुभवहरुलाई हाम्रा अनुभव भनौं’ उनले भने, ‘ती तितामिठा सबै अनुभव हाम्रै हुन् भन्ने अनुभव गरेका दिन हामी धेरै बलियो हुन्छौं ।’ माओवादी शक्तिशाली भए मात्रै परिवर्तनका उपलब्धीलाई रक्षा गर्न सकिने प्रचण्डले बताए ।

प्रकाशित : २१ फाल्गुन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६