काठमाण्डौ, २१ फागुन । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी पीएनजी सँगको खेलमा यूएई ९७ रनमै अलआउट भएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको यूएई २६ ओभर २ बलमा ९७ रनमात्र बनाउन सक्यो । यूएईका लागि वृत्य अरविन्दले सर्वाधिक २० रन बनाउँदा अन्य ४ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् । बलिङतर्फ पीएनजीका रिले हिकुरेले ४ र चाद सोपरले ३ विकेट लिए । यो शृङ्खलामा नेपालले भोलि सोमवार यूएईसँग खेल्नेछ ।
प्रतिक्रिया