कपिलवस्तु, २१ फागुन ।
बाणगंगा नगरपालिका वडा न. ११ मा कम्प्युटर तालिमको शुभारम्भ भएको छ । महिलाहरुका लागि ३ महिने कम्प्युटर तालिमको आईतवार एक कार्यक्रमका विच शुभारम्भ गरिएको हो । वडा न. ११ को आर्थिक सहयोग तथा ओ.आई.वि.एम. कम्प्युटर ईनिस्टिच्युटको प्रविधिक सहयोगमा संचालन भएको हो ।
कम्प्युटर तालिमको शुभारम्भ गर्दौ प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष नरेन्द्र प्रसाद थारुले सिप सिकेर रोजगारमा लाग्न सहभागिलाई शुभकामना दिनु भयो । उहाँले सिकेका सिपको पुर्ण सदुपयोग गर्न सकेमा मात्र सरकारी लगानिको औचित्यहुने बताउनु भयो ।
शुभारम्भ कार्यक्रममा वडा सदस्य ईमकला केसिको अध्यक्षता रहेको कार्यक्रमको संचालन वडा सचिव अशोक कुमार चौधरीले गरेका थिए । कार्यक्रममा वडा सदस्य सावित्रा विक, जगनारायण चौधरी, वाजबुल लैन शाह लगाएतको उपस्थिती रहेको थियो । महिला लक्षित ३ महिने तालिममा २४ जान महिलाको सहभागिता रहेको छ ।
प्रतिक्रिया