प्रदेश

रुपन्देहीमा कुलोमा डुबेर ३० वर्षीय युवाको मृत्यु



बुटवल, २२ फागुन । रुपन्देहीको तिलोत्तमामा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–७ का ३० वर्षीय गणेश थारु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले बताए ।

सोमबार विहान थारु आफ्नै घरदेखि १०० मिटर पूर्व तर्फ रहेको भलवारी कुलोमा डुबी मृत अवस्थामा फेला परेको भन्ने सूचना प्राप्त हुन साथ घटना स्थलमा प्रहरी पुगेको थियो । थारुको शवलाई पोष्टमार्टन गरी परिवारलाई बुझाइसकेको प्रवक्ता अर्यालले बताए । मृतक थारुका एक श्रीमति र १ छोरा र १ छोरी रहेका छन् । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २२ फाल्गुन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६