खोज–अनुसन्धान

आमाको दुध बढाउने अभियामा जुट्यो गाउपालिका




दाङ २३ फागुन ।राप्ती गाउँपालिकाको सहयोग तथा नागरिक आरोग्य सेवा केन्द्र बराखुटीको आयोजनामा सोमबार स्तनपायी आमाहरुलाई मातृशिशु सुरक्षार्थ दुग्धबर्धक जडिबुटी जन्य औषधी वितरण गरिएको छ।राप्ती गाउँपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरीको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यता र स्वास्थ्य शाखा प्रमुख नारायण रावतको विशिष्ट आतिथ्यतामा सो औषधी वितरण गरिएको हो। सो अवसरमा बोल्दै उपाध्यक्ष चौधरीले आमा र बच्चाको स्वास्थ्य सुधारको लागि जडिबुटी जन्य औषधी अति उपयोगी हुने बताउँदै सहि तरिकाले सेवन गर्न सुझाव दिएकी थिइन् ।
आमा र बच्चाको स्वास्थ्य सुधार गर्न तथा बच्चाहरुलाई कुपोषणजन्य रोगबाट बचाउने उदेश्यले सो औषधी वितरण गरिएको नागरिक आरोग्य सेवा केन्द्र राप्ती गाउँपालिका २ बराखुट्टीका प्रमुख कविराज जुद्व बहादुर चौधरीले जानकारी दिएका छन् । उहाँका अनुसार वडा नम्बर ५,६,७ र ८ का ६ महिना भन्दा कम उमेर भएका बच्चाहरुका करिब १ सय २७ जना आमाहरुलाई सतवारी चुर्ण नामक औषधी वितरण गरिएको छ। यो औषधी सेवनबाट बच्चाहरुको शारीरिक ,मानसिक वृद्धि र विकासमा समेत सघाउ पुग्ने प्रमुख कविराज चौधरीले जानकारी दिएका छन्।

प्रकाशित : २३ फाल्गुन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६