प्रदेश

दुर्गा प्रसाईको ‘कालोमोसो दस्ता’ संयोजक शम्भु थापा पक्राउ



काठमाडौं, २४ फागुन। व्यवसायी दुर्गा प्रसाईको अभियान ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा चितवनबाट पक्राउ परेका छन्। थापालाई हिजो भरतपुरस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बैंक तथा वित्तिय संस्थाविरुद्ध अफवाह फैल्याएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिनुभयो ।पछिल्लो समय बैंक तथा वित्तिय संस्थाको कर्जा नतिर्ने अभियान चलाइरहेका दुर्गा प्रसाईको समुहले फागुन १३ गते चितवनमा गरेको कार्यक्रमबाट थापालाई कालोमोसो दस्ताको संयोजक घोषणा गरेको थियो।

संयोजक थापाले बैंक तथा वित्तिय संस्थाका प्रमुखहरुलाई मोसो दल्ने घोषणा गरेका थिए।कार्यक्रममा मोसो लेखिएका टिसर्टमा युवाहरु परिचालन पनि गरिएको थियो। दस्ताको धम्कीपछि बैंक तथा वित्तीय संस्थाले जिल्ला प्रशासन कार्यालय चितवनमा पुगेर ध्यानाकर्षण गराएका थिए।

प्रहरीले बिहीबार म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ।पक्राउ परेका थापालाई रिहा गर्न अभियानले आग्रह गर्दै नछाडिएमा आन्दोलन थाल्ने चेतावनी दिएको छ । थापालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले बताउनु भयो ।

प्रकाशित : २४ फाल्गुन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६