प्रदेश

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो नर्सिङ अध्यापनको अनुमति



दाङ, २४ फागुन । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ अध्यापनको अनुमति प्राप्त गरेको छ । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई स्नातक तहका लागि बिएससी नर्सिङ र बिएन एसको कक्षा सञ्चालन गर्ने अनुमती प्रदान गरेको हो । आयोगले नर्सिङ अध्यापनका लागि २०/२० सिट निर्धारण गरेको छ ।

योसँगै प्रतिष्ठानमा पहिलो पटक शैक्षिक कार्यक्रममा सुरु हुन लागेको हो । प्रतिष्ठानका उपकुलपती डा. विकास लामिछानेले आयोगको अनुमति पाएसँगै नर्सिङ अध्यापनको बाटो खुलेको बताए ।

उनले अगामी शैक्षिक शत्रदेखि प्रतिष्ठानमा अध्यापन सुरु हुने बताए । यसका लागि प्रतिष्ठानमा सबैखाले पूर्वाधार तयार भइसकेको उनले बताए । ‘अध्यापनका लागि चाहिने कक्षा कोठा, लाइब्रेरी, अडोटोरियल रूमहरू जस्ता पूर्वाधार तयार छ,’ उपकुलपति लामिछानेले भने ।

उनले प्रतिष्ठानले उपचार सेवासँगै शैक्षिक कार्यक्रम पनि सञ्चालन हुने बताए । यसअघि प्रतिष्ठानले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरे पनि अनुमति पाएको थिएन ।

प्रकाशित : २४ फाल्गुन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६