पर्यटन

हिमालका थिममा तस्बिर प्रदर्शनी



कपिलवस्तु, २४ फागुन । कपिलवस्तुमा मंगलबार तस्बिर प्रदर्शनी गरिएको छ । बुद्धले ज्ञान प्राप्त गरेपछि कपिलवस्तु फर्किंदा फागु पूर्णिमाका दिन देखेका हिमाल थिममा तस्बिर प्रदर्शनी गरिएको हो ।

बुद्धस्थल तिलौराकोट, गोटिहवा, कन्थक स्तुपा, जगदीशपुर र निग्रोधाराबाट देखिएका हिमालका तस्बिर प्रदर्शनी गरिएको थियो । कपिलवस्तु नगरपालिका प्रमुख सुदीप पौडेलले तस्बिर हेरेर बाल्यकाल स्मरण भएको बताए । यस्तो मनमोहक तस्बिर देख्दा खुसीको सीमा भएन,’ उनले भने । लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानीन राईले चिनियाँ पैदल यात्री ह्वेयङ साङ तिलौराकोट आउँदा लेखेको यात्रा विवरणमा उल्लेख जस्तै हिमालका तस्बिर देख्न पाएको बताए ।

प्रदर्शनीमा राखिएका तस्बिरमा तराईको जनजीवन, पुरातात्विक स्थलको पृष्ठभूमि र अन्नपूर्ण प्रथम, धौलागिरि दोस्रो, तेस्रो र चौथो तथा गुर्जु हिमालका तस्बिर प्रदर्शनी गरिएको थियो ।

फोटो पत्रकार मनोज पौडेल र बृजेश जयसवालले खिचेका १० तस्बिर प्रदर्शनीमा राखिएको हो । प्रदर्शनीमै आयोजित फोटो प्रतियोगितामा उत्कृष्ट दुई तस्बिरलाई पुरस्कृत गरिएको थियो । प्रथम पुरस्कार तौलिहवाका अनिलकुमार माली र द्वितीय पुरस्कार लुम्बिनीका लीलामणि शर्माले पाएका थिए ।

प्रकाशित : २४ फाल्गुन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६