कपिलवस्तु, २४ फागुन ।
नेकपा एमाले कपिलवस्तुका अध्यक्ष डम्मर शर्माले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । अध्यक्ष शर्माले १ सय १३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर शुभकामना व्यक्त गर्नु भएको हो ।
जिल्ला अध्यक्ष शर्माले महिला अधिकारी, महिला शसक्तिकरण र लैंगिक समानताको पक्षमा नेकपा (एमाले) ले निरन्तर पैरवी गर्दै आएको बताउनु भएको छ । उहाँले पार्टी भित्र लैंगिक समानताको विषयलाई कार्यान्वयनमा ल्याउन जोड दिनु भएको छ ।
अध्यक्ष शर्माद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ, २१ औं शताब्दीमा महिला अधिकारको विषय उठान गर्नुपर्ने विषय निकै दुःखद् रहेको चर्चा गर्दै प्रविधिको पहुँचमा विस्तार गर्दै महिलालाई राज्यका हरेक अवसरमा भूमिका बढाउदै लैजानुपर्नेमा जोड दिएको नेकपा एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग, कपिलवस्तुले जनाएको छ ।








प्रतिक्रिया