कपिलवस्तु २५ फागनु । कपिलवस्तु उद्योग वाणिज्य संघ जीतपुरले विगत देखि गर्दै आएको बजार बन्दलाई तत्कालका लागि स्थगित गर्ने भएको भएको छ । संघको आज बसेको कार्यसमितिको निर्णयले देशमा देखा परेको अर्थतन्त्रको वर्तमान अवस्थाका कारण उद्योगी व्यवसायीलाई परेको आर्थिक असहजतालाई मधयेनजर राखेर बन्दी हटाइएको वताइएको छ ।
घर वहाल, बैंक तथा वित्तिय संस्थाको व्याजदर समेत बुझाउन असमर्थ हुने अवस्था सृजना भएको कुरालाई मध्यनजर गर्दै हाललाई साप्ताहिक रुपमा गर्दै आएको मंगलवार बजार बन्द स्थगित गरिएको संघका महासचिव मनोज पौडेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । बजार बन्द सम्बन्धी प्रभाव तथा व्यवस्थापन कार्यविधि बनाइसके पछि पुन बजार बन्दलाई निरन्तरता दिने संघले जनाएको छ ।








प्रतिक्रिया