भगवती न्यौपाने
कपिलवस्तु २५ फागुन । वाणगङ्ग नगरपालिकामा नगरस्तरीय खेलकुद विकास समिति गठन भएको एक हप्तामै चौथो मेयर कप फुटबल प्रतियोगिता २०७९ विहिवारबाट सुरु भएको छ । मेयर कप फुटबल प्रतियोगिताका अध्यक्ष वाणगंगा नगर पालिकाका नगर प्रमुख चक्र पाणी अर्यालले बोल्दै खेलकुदको माध्यले युवाहरुको भविष्य राम्रो भएको बताउनु भयो । यस्ता प्रतियोगिताहरुले खेलाडी उत्पादन गर्न मतद पुग्ने बताउदै खेलाडी प्रतियोगिहरुलाई वाणगंगा नगरपालिकामा मात्रै होईन खेल क्षेत्रमा देश विदेशमा चिनारी बनाउन समेत आग्रह गर्नु भयो ।
यस्तौ वडा नम्बर ४ का वडा अध्यक्ष तथा खेलकुद समितिका सदस्य छवि रेश्मी मगरले बोल्दै सबै खेलाडीहरुलाई प्रतियोगिता को नियम अनुसार अनुशासित भएर खेल्न आग्रह गर्नु भयो । यस्तै उक्त कार्यक्रममा उद्योग वाणिाज्य संग कपिलवस्तुका अध्यक्ष डोलकराम घिमिरे, पुर्व अध्यक्ष उमनाथ पौडेल,नागरिक समाजका अध्यक्ष दोलख बाहादुर पक्षाई, खेलकुल समितिका संयोजक पदम सेन, जनता मावि पिपराका प्रअ रमेश पन्थि लगायतले बोल्दै पछिलो समय खेलकुदमा युवाहरुको आकर्षण बढदै गएको बताउदै हरेक खेलकुदले शारिरिक स्वास्थ्य हुनुका साथै सामाजिक विकास हुने बताउनुभयो ।
वाणगंगा नगरपालिकाका ११ वटै वडाका वडाअध्यक्ष ईलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तु का प्रमुख दिपक बाबू केसि, खेलकुल समितिका सदस्य, विभिन्न संघ संस्थाका प्रतिनिधि खेलकुद प्रेमि युवाहरुको उपस्थिति रहेको थियो । नगर प्रमुख अर्यालको अध्यक्षतामा वडा नम्बर ४ का वडा अध्यक्ष छवि रेश्मीको स्वागत मन्तव्य भएको कार्यक्रमको सञ्चालन वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बाहादुर जिसिले गर्नु भएको थियो । आज उद्घाटन खेलमा वडा नम्बर ३ र ६ को खेल भएको थियो ।
२६ फाल्गुन २०७९, शुक्रबार
प्रतिक्रिया