कपिलवस्तु । कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं. वडा नं १ बुङ्चिमा रहेको सिद्वार्थ क्याम्पसमा ‘सेन्टरी प्याड बैंक’ स्थापना गरिएको छ । स्नातक तह प्रथम बर्षका विद्यार्थी बिकास भुसालको १९ औँ जन्मोत्सवको अवसरमा बिकास भुसाल द्वारा सहयोगार्थ प्याड बैंक स्थापना गरिएको हो ।
सिद्वार्थ क्याम्पस प्रशासनको संरक्षणमा रहने गरि क्याम्पसको “लेडिज ड्रेसिङ रुम” मा रहने गरि क्याम्पस प्रशासनलाइ दराज र एक सय थान प्याड प्रदान गरिएको थियो । एक कार्यक्रमका बिच उक्त प्याड बैंक हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख बेदराम अर्यालले प्याड बैंक स्थापना गरेकोमा सिद्वार्थ क्याम्पसमा अध्ययनरत विद्यार्थी बिकास भुसाल लाई धन्यवाद ब्यक्त गर्नुभयो । अन्य खर्चहरु कटौती गरि फजुल खर्च नगरेर अनुकरणीय कार्य गरेको भन्दै प्रसंसा समेत गर्नुभएको थियो । कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनका स्ववियु सभापति सुशील खत्रीले जन्मोत्सवको शुभकामना ब्यक्त गर्दै अन्य विद्यार्थीहरुले पनि उदाहरणिय कार्य गर्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै क्याम्पस प्रशासनलाई सेन्टरी प्याड हस्तान्तरण गर्दै बिकास भुसालले उक्त प्याड वैंकमा प्याडको कमि हुन नदिने प्रतिबद्धता ब्यक्त गरेका थिए । उक्त प्याडबैंकमा क्याम्पस प्रशासन र सम्पुर्ण विद्यार्थीहरुले हातोमालो गर्नुपर्ने बताएका थिए । “” भन्ने उदेश्यका साथ प्याड बैंक स्थापना गरिएको बताउदै उक्त कार्यक्रमको सुरुवात गर्न सहयोग गर्नुभएकोमा सम्पुर्ण विद्यार्थी तथा क्याम्पस प्रशासनलाई धन्यवाद समेत ब्यक्त गरेका थिए ।
कार्यक्रममा क्याम्पस प्रमुख बेदराम अर्याल, निबर्तमान क्याम्पस प्रमुख खेमराज शर्मा, क्याम्पसका प्राध्यापकहरु, स्ववियु सभापति सुशील खत्री सहित क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिक्रिया