बिकास थापा
कपिलवस्तु २७ फागुण । पत्रकारितालाई मिसन पत्रकारिताको रुपमा बिकास गर्नुपर्नेमा बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले जोड दिनुभएको छ । नकारात्मक पत्रकारीता भन्दा विकास केन्द्रित श्रृजनात्मक समाचार प्रवाह गर्न उहाले जोड दिनु भयो । बाणगंगा नगरपालिका भित्रका संचार गृहमा कार्यरत महिला पत्रकारको क्षमता विकास तथा फिचर समाचार लेखन तालिमको समुद्घाटन गर्दै उहाले यस्तो वताउनु भएको हो । मेयर अर्यालले पत्रकारिता क्षेत्र मर्यादित चुनौती र आलोचित हुने संगै जोखिम क्षेत्र भएकोले आफ्नो अनुकुलता र क्षमतालाई बुझी सकरात्मक र उपलब्धी मुलक ढंगले अघि बढ्न सुझाब दिनुभयो । पत्रकारितालाई शोख नभई समाजलाई शुशुचित गर्ने बलियो माध्यमको रुपमा अघि बढाउन पनि सहभागि महिला सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
पछिल्लो समय पत्रकारिता क्षेत्रलाई दुर्गन्धित बनाउने कोशिस केही पत्रकारहरुबाट नै हुने गरेको उहाको भनाई छ ।पछिल्ला दिनहरुमा कार्यक्रम जाने फोटो खिच्ने ,भत्ता लिने , फेसबुकमा सजाउने मात्र काम धेरै छ त्यसैले जहा बेथीती छ ,जसको आवाज बाहिर आउन सकेको छैन ति आवाजलाई कलमको माध्यमबाट लेखी सत्य तथ्य बोल्न समेत अपिल गर्नुभयो । तालिमका बिषयबस्तु माथि सामुदायिक टेलिभिजन र रेडियो बुद्ध आवाजका स्टेशन म्यानेजर भेषराज पाण्डेले प्रकाश पार्नुभएको थियो । पाण्डेले तालिम अवधि भरि समाचारका प्रकृति , उद्घोषण सम्बन्धी कला महिलाको नेतृत्व क्षमता बिकास, खोज पत्रकारिता कसरी गर्ने ,बिकास पत्रकारिता के हो ? जस्ता विषयमा सिकाईने छ ।
पहिलो दिन तालिमको प्रशिक्षकको रुपमा सञ्चारीका समूह लुम्बिनी प्रदेशकी पूर्ब अध्यक्ष पार्वती पाण्डे प्रशिक्षर्थी महिला पत्रकारलाई तालिम दिनु भएके थियो । कपिलवस्तु सञ्चार सहकारी संस्थाका उपाध्यक्ष दोलख बहादुर पछाईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संस्थाका कोषध्यक्ष हरि पौडेल, सञ्चालक समिति सदस्य अन्नपूर्ण रजौरिया ,संस्थाको लेखा शाखा प्रमुख उमाशंकर चौधरीको आतिथ्यता रहेको थियो । नगरको सहयोग र बुद्ध अवाज टेलिभिजनको ब्यवस्थापनमा भएको तालिममा बुद्ध आवाज रेडियो /टेलिभिजनकी समाचार शाखा प्रमुख सरिता थारुको स्वागत र कार्यक्रम शाखा प्रमुख बिकास थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
२७ फाल्गुन २०७९, शनिबार
प्रतिक्रिया