खोज–अनुसन्धान

सन्तोषि निर्माण सेवाको बदमासी : बेलसापुर-थुमुवा सडक बर्ष दिन नपुग्दै भत्कियो




कपिलवस्तु २७ फागुन ।कपिलवस्तु नगरपालिका– ६ बेलसापुर देखि थम्हवा जाने सडक एक बर्ष नपुत्दै भत्किन सुरु गरेको छ । ठेकेदार कम्पनीले निम्न गुणस्तरको काम गरेकोले सो पक्की सडक भत्किएको स्थानीयको आरोप छ । संतोषी निर्माण सेवाले काम गरेको सो सडक ठाउ ठाउमा भत्किन सुरु भएको हो । स्थानिय जुबेर अहमद खाँले ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेर एक बर्ष नपुग्दै सो सडक भत्किएको बताए । गत बर्ष मात्रै ठेकेदार कम्पनीले सो सडक निर्माणको काम संपन्न गरेको थियो । निगालिकोट देखि थुम्हवा, बेलासपुर हुदै सेमरी सडकमा पनि अलपत्र परेको उनले बताए ।
उनले गुणस्तरहीन काम गर्ने ठेकेदार कम्पनीलाई कारबाही हुनु पर्ने माग गरे । तिलौराकोट–जग्दिशपुर, निगालिकोट–सेमरी, सडवा–लक्ष्मीनगर, श्रीरामपुर, दलदलहा र कपियवामा एकै चोटी ७५ करोडको लागतमा १८ किलो मिटर पिचबाटो तथा नाली निर्माणका लागि सन्तोषी निर्माण सेवाको सम्झौता छ । सन्तोषी निर्माण सेवाले संघीय कार्ययोजना कार्यान्वय ईकाई भवन तथा शहरी कार्यालय रुपन्देहीबाट ०७४ कार्तिकमा सो सम्झौता गरेको थियो । २०७८ बैशाख सम्म निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने भाका रहेपनि निर्माण कम्पनिले सम्झौता गरेको अधिकांश बाटो र नालीको काम अहिले अधुरै छन ।

प्रकाशित : २७ फाल्गुन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६