खोज–अनुसन्धान

केहिमहिना यता एकैदिन यतिधेरै संक्रमित थपिए : बुस्टर डोजको दोश्रो मात्रा लगाउन शुरु




कपिलवस्तु २७ फागुन । नेपालमा केही महिनादेखिकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घण्टामा गरिएको ६ सय जनाको नमूना परीक्षणमा ७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा १२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । सोही अवधिमा ३ हजार ९८६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । शुक्रबार नयाँ संक्रमितको संख्या शून्य रहेको थियो । तर त्यसको अघिल्लो दिन संक्रमित बढेका थिए । भारतमा एक साताको अवधिमा ६३ प्रतिशत संक्रमित बढिरहँदा नेपालमा पनि बढ्दो क्रममा रहेको अनुमान गरिएको छ ।
यता बाँकेमा कोरोना विरुद्धको दोस्रो बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । केही दिनयता रुघाखोकीका बिरामी बढ्न थालेपछि यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई दोस्रो बुस्टर खोप दिन थालिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।सङ्क्रमण फेरी बढ्न सक्ने भएकाले बुस्टर खोप लगाएको ६ महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेकाहरूलाई पहिलो मात्रा बुस्टर खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । ५५ वर्ष उमेर माथिका सबै, स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्ष माथिका दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर बुस्टर डोज दिन थालिएको फोकल पर्सन श्रेष्ठको भनाइ छ । कोभिड–१९ सङ्क्रमण भएकाहरूले पनि सङ्क्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज लिन मिल्ने उहाँले बताउनुभयो । बुस्टर मात्रा खोप लगाउन जाँदा पूर्ण मात्रा खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ ।

प्रकाशित : २८ फाल्गुन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६