कपिलवस्तु, २८ फागुन ।
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले आगलागि पिडित गणेश केसिलाई सहयोग रकम हस्तान्तरण गरेको छ । संघले शिवराज नगरपालिका भगवानपुरमा सितारम कहारको घरमा संचालित केसि फास्ट फुडमा आगलागिबाट ठुलो क्षति भएपछि सहयोग गरेको हो । संघले पिडित केसिलाई आईतवार नगद रु १० हजार रुपयाँ सहयोग गरेको छ ।

होटल तथा पर्यटन व्यवसायि संघमा आवद्ध रहेको केसि फास्ट फुड एण्ड रेष्टुरेन्टको स्थलगत अवलोकन गरेको संघले जनाएको छ । संघले केसि फास्ट फुडमा करिब २५ लाख बराबरको धनमालको क्षति भएको अनुमान गरेको संघका अध्यक्ष रविन्द्र पौडेलले बताए । उनले भने “होटल तथा पर्यटन व्यवसायि संघ कपिलवस्तु सदैव ब्यबसायीको दुःख सुख हित र संरक्षण तथा प्रर्वद्धनका लागि निरन्तर यात्रामा छ ।”
रकम हस्तान्तरण पछि अध्यक्ष पौडेलले सहयोगि मनहरुको महान अभियानमा सकारात्मक सोचका साथ हातेमालो गर्न अन्य निकायलाई आग्रह समेत गरे ।

केसि फास्ट फुडमा शनिवार विहान करिब ११ बजे आगलागि भएको थियो । के कारणले आगलागि भएको भन्ने खुल्न सकेको छैन । आगलागि पिडितलाई सहयोग गर्न संघका अध्यक्षको नेतृत्वमा अन्य पदाधिकारीहरु घटना स्थलमै पुगेका थिए । उक्त घटना प्रती सिङ्गो संघ स्तब्ध छ ।









प्रतिक्रिया