अर्थ-वाणिज्य

धागो कारखानामा १६ वर्ष देखी ताला : तत्काल खोलेर संचालनको ब्यवस्था गर्न माग




रुपन्देही २८ फागुन । नेपालको सबैभन्दा ठूलो बुटवल धागो कारखाना बन्द भएको १६ वर्ष बितिसक्दा पनि सरकारले पुनः संचालनको पहल गर्न सकेको छैन । हरेक आर्थिक वर्षको बजेट बक्तब्यमा बुटवल धागो कारखाना पुनः संचालन गरिने उद्घोेष गरिए पनि ठोस पहल हुन नसक्दा कारखानाका संरचना पनि बुटवलको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडभित्र रहेको यो उद्योग भ्रष्टाचारका कारण नाजुक बन्दै गएपछि सरकारले २०६४ साल फागुनमा बन्द गरेको थियो । कारखाना बन्द भए पनि पुनः संचालन गरिने भन्दै यस उद्योगका ४ सय मजदुर तथा कर्मचारीलाई दुई वर्ष तलब दिएर राखिएको थियो । दुई वर्षको तलब दिएर २०६६ सालमा कर्मचारीहरुलाई बिदा गरिएको थियो ।
१६ वर्षअघि उद्योगमा लगाइएको ताला अझैसम्म खुुलेकोे छैन । कारखाना रेखदेखका लागि ५ जना कर्मचारी राखिएको छ । मासिक सवा लाख रुपैयाँ खर्चेर यी कर्मचारी राखिएको हो । १६ वर्षदेखि प्रयोगमा नआउँदा मेसिनहरुमा खिया लागेको र भवनहरु जीर्ण भएको उनले जानकारी दिए । सरकारले कि त छिटो संचालन गर्नुपर्ने, नभए कारखाना नै विघटन गर्नुपर्ने शर्माको सुझाव छ ।बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले यो जीर्ण उद्योग खुलाउन सरकारले ठोस पहल गर्नुपर्ने बताए । त्यसका लागि निजी क्षेत्रले पनि सघाउने उनको भनाइ छ । रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले पनि धागो कारखाना पुनः संचालनमा सरकारले उचित कदम चाल्नुपर्ने बताए ।

प्रकाशित : २९ फाल्गुन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६