ब्रेकिंग न्युज

सरसफाइको १०० औं शृ‌खलामा मानव साङ्लो



बुटवल, ३० फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मानव साङ्लोसहितको सरसफाइ अभियान सञ्चालन गरिएको छ ।समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियानको १०० औं शृंखलाको अवसरमा बुधबार नगरको ६ लेन सडकको १२ किलोमिटर दुरीमा दुबैतर्फ मानव साङ्लो बनाएर सरसफाइ गरिएको हो ।

योगिकुटीदेखि कोटिहवासम्म नगरबासीले एक—आपसमा हात समाएर सरसफाइ अभियानमा प्रतिबद्धता जनाए । मानव साङ्लोमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक विद्यार्थी, कर्मचारी, विभिन्न संघ—संस्था, क्लब, आमा समूह, खानेपानी, वन, टोल विकास संस्थाहरुले सहभागी रहेको अभियान संयोजक सुरेन्द्र श्रीले जानकारी दिए ।

प्रकाशित : ३० फाल्गुन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६