ब्रेकिंग न्युज

स्थानीय तहकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत बनाउन गाउँपालिका राष्ट्रिय महासंघको माग



काठमाडौं, ३० फागुन। गाउँपालिका राष्ट्रिय महासंघले स्थानीय तहकै कर्मचारी कर्मचारी प्रमुख प्रशासकीय अधिकृत बनाउनुपर्ने माग गरेको छ । मंगलबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई ८ बुँदे मागसहितको ज्ञापन पत्र बुझाउँदै महासंघले यस्तो माग गरेको हो ।

महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेको नेतृत्वमा गएको टोलीले मन्त्री मोदीलाई बुझाएको माग पत्रको ७ नम्बर बुँदामा भनिएको छ ‘संविधानको भावना अनुकूल स्थानीय सरकारको स्वायत्तता तथा प्रभावकारी सञ्चालन र व्यवस्थापनका लागि प्रमुख प्रशासकीय अधिकृत स्थानीय सरकारको आफ्नै कर्मचारी हुनुपर्दछ भन्ने हाम्रो स्पष्ट मान्यता रहेको छ।’

यस्तै संघमा श्रेणी र स्थानीय तथा प्रदेशमा तहगत प्रणाली लागू भएको भन्दै महासंघले तहगत सरकारहरुमा श्रेणी र तह दुई प्रकारका प्रणालीको सट्टा सबै संघीय एकाइहरुबीच एकरुपता कायम गर्न तीनवटै तहको सेवामा तहगत प्रणाली लागू गर्न माग गरेको छ ।

स्थानीय तहको सेवामा नियुक्त कर्मचारी पनि प्रदेश र सङ्घीय निजामती सेवामा हुने बढुवामा सम्भाव्य उम्मेदवार बन्न पाउने गरी निश्चित प्रतिशत छुट्याउन समेत महासंघले माग गरेको छ ।

प्रस्तावित निजामती सेवा ऐनमा स्थानीय सरकारको प्रत्यक्ष सरोकारको विषय भएकोले पालिका महासंघहरुसँग छलफल गरेर मात्रै विधेयक अगाडि बढाउन माग गरेको छ ।

हेर्नुहोस् महासंघको मागहरु

प्रकाशित : ३० फाल्गुन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६