प्रदेश

आम्दा र भीम अस्पताललाई २२ थान आइसियु बेड हस्तान्तरण



चैत्र १ सैनामैना – निर्मल लामा स्मृति प्रतिष्ठानले बुटवलको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल र भैरहवाको भिम अस्पतालमा आइसियु बेड हस्तान्तरण गरेको छ ।
प्रतिष्ठानको तर्फबाट बुधवार पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष एवं नेकपा माओवादी केन्द्रका नेता डा लीलामणि पोख्रेलले बुटवल र भैरहवामा बुधवार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी बुटवलको आम्दा अस्पताललाई १२ र भैरहवाको भीम अस्पतालमा १० गरी २२ थान आइसियु बेड हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा निर्मल लामा स्मृति प्रतिष्ठानका अध्यक्ष रहेका माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नेता लिलामणी पोखरेलले निर्मल लामाको परिचय दिँदै हुँदा साहसी, निडर, दूरदर्शी जननेता भएको बताउनु भयो ।
उहाँले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनु पर्नेमा जोड दिँदै पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आमजनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने बताउनु भयो । चीनको सहयोगमा प्राप्त आइसियु बेड अस्पताललाई उपलब्ध गराएको हो ।

प्रकाशित : २ चैत्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६