प्रदेश

नेपाल फार्मेसी संघ कपिलवस्तुको अध्यक्षमा रमेश शर्मा




कपिलवस्तु, ०४ चैत्र ।
नेपाल फार्मेसी संघ जिल्ला कार्य समिति कपिलवस्तुको अध्यक्षमा रमेश शर्मा निर्वाचित हुनुभएको छ । नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेशको सहजिकरण भएको जिल्लाको प्रथम भेलाबाट अध्यक्षको जिम्मेवारी सर्वसम्मत रुपमा शर्मालाई दिएको हो । पिस हिमालया रिसोर्टमा सम्पन्न प्रथम जिल्ला भेलाले जिल्लाको नेतृत्व शर्मालाई दिएसंगै १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा निरज केसी, सुशिल द्धिवेदी, महासचिवमा डा।विक्रम घिमिरे, सचिवमा विरेन्द्र प्रसाद गुप्ता र बिमला जिसी, कोषाध्यक्षमा बाबुराम अधिकारी, सह कोषाध्यक्षमा अम्बिका केसी सर्वसम्मत रुपमा चयन हुनुभएको छ भने सदस्यहरुमा ईस्तीकर अमजद खाँन, सरीता पौडेल, शंकर मरासिनी, नवराज पौडेल, विष्णु थापा, पुजा थारु र रजनिश पाण्डे चयन भएका छन् । निर्वाचन मण्डलमा खेमराज तिवारी, समेन्द्र प्रसाद यादव र मोतिलाल खनाल रहनुभएको थियो ।

नयाँ कार्यसमितिका अध्यक्ष शर्माले अध्यक्षको जिम्मेवारी प्रदान गर्न सहयोग गर्ने निर्वाचन मण्डल, पुर्व कार्यसमिति, सम्पुर्ण सदस्यहरुलाई आभार एवम् कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले सबैलाई समावेश गरि संस्थालाई दु्रत गतिमा अगाडि बढाउने प्रतिवद्धता जनाउदै सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल फार्मेसी संघ केन्द्रिय अध्यक्ष अमृत खनालले नयाँ कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई कुशलता पुर्वक अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले हरेक संघ, संस्था तथा नागरिकहरुसंग समन्वय गर्दै सेवाभावले काम गर्न पनि आह्वान गर्नुभयो ।

त्यस्तै कार्यक्रमका अध्यक्ष संस्थाका लुम्बिनी प्रदेश अध्यक्ष गोविन्द तिवारीले कार्यक्रम सफलतापुर्वक सम्पन्न गराउनका लागि सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिंदै नयाँ कार्यसमितिलाई बधाई दिनुभएको थियो ।

नेपाल औषधी व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष डा. धर्मराज भट्राई, नेपाल फार्मेसी संघ केन्द्रि उपाध्यक्ष किरण ढकालको विशिष्ठ आतिथ्यता, विरेन्द्र प्रसाद यादवको स्वागत मन्तब्य तथा लुम्बिनी प्रदेशका महासचिव समेन्द्र प्रसाद यादव र अम्बिका केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित : ४ चैत्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६