देश

प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस सत्तापक्ष र नेकपा एमाले प्रतिपक्षको बेञ्चमा



काठमाण्डौ, ०५ चैत्र । प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस सत्तापक्ष र नेकपा एमाले प्रतिपक्षको बेञ्चमा बसेका छन् । यसअघि पुस १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि एमाले सत्तापक्ष र कांग्रेस प्रतिपक्षमा बस्दै आएकोमा सत्ता गठबन्धन फेरिएसँगै आजदेखि बेञ्च पनि फेरिएको हो ।

नेकपा एमाले र राप्रपाले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलोपटक आज बसेको प्रतिनिधि सभा बैठकमा एमाले र राप्रपा दुवै दल प्रतिपक्षको बेञ्चमा बसेका छन् । प्रतिनिधि सभामा प्रतिपक्षीको आसन सभामुखको बायाँतर्फ र सत्तापक्षको दायाँतर्फ रहन्छ ।

नेपाली कांग्रेस र एकीकृत समाजवादी सत्तापक्षको बेन्चमा बसेका छन् । यी दुवै दलले यसअघि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको भए पनि सरकारमा सहभागी नभएको भन्दै प्रतिपक्षको बेञ्चमा बस्दै आएका थिए । दुवै दलले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भोलि प्रतिनिधि सभामा विश्वास मत लिँदै हुनुहुन्छ ।

प्रकाशित : ५ चैत्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६