देश

एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने



काठमाण्डौ, ०६ चैत्र । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वास मत नदिने भएको छ । सोमवार बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

वर्तमान सरकारप्रति देशको स्थिरता, विकास र समृद्धिका लागि कुनै पनि विश्वास र भरोसा नभएकाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको पार्टी संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । उहाँले सरकारलाई नागरिक र संसद्प्रति उत्तरदायी बनाउने गरी संसदमा बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय पनि बैठकले गरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ । तर एमालेले विश्वास र भरोसा नभएको भन्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताएको छ ।

प्रकाशित : ६ चैत्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६