देश

सरकारमा जाने तयारी संगै एकीकृत समाजवादीले बनायो कार्यदल




काठमाण्डौ, ०७ चैत्र ।
नेकपा एकीकृत समाजवादीले सरकारमा जाने गृहकार्य गर्न कार्यदल बनाएको छ। आज केन्द्रीय कार्यालयमा बसेको ५४ औं सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्षद्वय प्रमेश हमाल र बेदुराम भुसाल रहेको कार्यदल गठन गरेको हो।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले सचिवालय बैठकमा समसामयिक राजनीति, केन्द्र र प्रदेश सरकारलगायत विभिन्न विषयमा छलफल गरिएको जानकारी दिए।

उनकाअनुसार सरकार गठन प्रक्रियाबारे गृहकार्य गर्न अध्यक्ष नेपालसहित रहेको कार्यदल गठन गर्ने सचिवालय बैठकले निर्णय गरेको छ। यो कार्यदलले गठबन्धन बैठकमा पार्टीले पाउने मन्त्रालयबारे छलफल गर्ने, सरकारमा जाने मन्त्रीहरू छान्ने, नीति तथा कार्यक्रम बनाउने, केन्द्रदेखि प्रदेशसम्म मन्त्रालय बाँडफाँटलगायतबारे गृहकार्य गर्ने पनि उनको भनाइ छ।

एकीकृत समाजवादीले गृह मन्त्रालय दाबी गरेकोबारे पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता खतिवडाले अहिलेसम्म यही मन्त्रालय हुनुपर्छ भनेर दाबी नगरिएको बताएका थिए।

एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा १० जना सांसद छन्। एकीकृत समाजवादीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो।

प्रकाशित : ७ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६