देश

प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु



काठमाडौं, चैत्र । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता प्रक्रिया सुरु भएको छ । आगामी वैशाख १० गतेका लागि तय भएको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि दल दर्ता गर्न लागेको हो ।

यही चैतको १२ गतेसम्म दल दर्ता गरिसक्न आयोगले सूचना जारी गरेको छ । त्यसपछि अरु प्रक्रिया सुरु हुने आयोगले जनाएको छ ।

विभिन्न कारणले रिक्त भएका तीन प्रतिनिधि सभा सदस्य पदका लागि वैशाख १० मा उपनिर्वाचन हुँदैछ । तनहुँ १, बारा २ र चितवन २ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

तनहुँ १ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।

यस्तै, चितवन २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि उपनिर्वाचन हुने भएको हो ।

प्रकाशित : ८ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६