गण्डकी

गण्डकी सरकारलाई दिएको समर्थन माओवादीद्धारा फिर्ता



काठमाण्डौ, १० चैत्र । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनअनुसार मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिनुभयो ।

एमालेका मुख्यमन्त्रीलाई माओवादीले दिएको समर्थन फिर्ता लिएसँगै अब गण्डकीमा कांग्रेसको नेतृत्वमा सरकार बन्नेछ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने सम्भावना छ । यद्यपि माओवादीले पनि आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी भने जारी राखेको छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादीको आठ र राप्रपाको दुई सिट रहेको छ ।

प्रकाशित : १० चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६