प्रदेश

लुम्बिनी प्रदेशमा प्रति एक लाखमा १ सय ५७ जनामा क्षयरोग



रुपन्देही, १० चैत्र । लुम्बिनी प्रदेशमा प्रति एक लाख बराबर १५७ जनामा क्षयरोग हुने गरेकोे पाइएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य निदेशनालयका क्षयरोग फोकल पर्शन रामप्रसाद भटट्राईका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा लुम्बिनी प्रदेशमा ८ हजार ९० जना क्षयरोगी मेटिएको र प्रति एक लाख बराबर १५७ जनामा क्षयरोग भेटिएको बताए ।

विश्व क्षयरोग दिवश–२०२३ को अवसरमा शुक्रबार बुटवलमा आयोजित संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै फोकल पर्शन भटट्राइले प्रदेशमा सबै भन्दा धेरै रुपन्देहीमा र सबै भन्दा कम रुकुम पश्चिममा रहेको बताए । उनका अनुसार रुपन्देहीमा १ हजार ७०५ जना र रुकुम पश्च्मिमा ५५७ जना क्षयरोगी भेटिएका थिए । रुपन्देहीमा प्रदेशमा सबै भन्दा धेरै क्षयरोगि रहे पनि प्रतिएक लाखमा क्षयरोगीहरुको दर भने दाङमा धेरै भेटिएका थिए । रुपन्देहीमा प्रति एक लाख बराबर १५७ र दाङमा प्रति एक लाख बराबर २१४ जना क्षयरोग भेटिएको फोकल पर्शन भटट्राईले बताए । समुदायमा नै गएर परिक्षण गरिएकाले आर्थिक वर्ष २०७७/०७८ मा क्षयरोगिहरु धेरै भेटिएको उनले बताए ।

स्वास्थ्य निदेशनालय रुपन्देहीका प्रमुख गौरव खनालले रुपन्देहीका पालिकाहरु मध्य बुटवल उपमहानगरपालिकामा २३४ जना क्षयरोगी भेटिएको बताए । क्षयरोगको उपचार निःशुल्क हुने गरेता पनि अहिले पनि धेरै नै क्षयरोगीहरु उपचार भन्दा बाहिर रहने गरेको बताए । यसकारणले लुकेर रहेका धेरै भन्दा धेरै पहिचान गर्ने गरी आफुहरु लागि रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले नियमित चेकजाँच र नियमित कार्यक्रम संचालन गर्ने गरेमा राज्यले क्षयरोग उन्मूलन गर्ने गरी लिएको नीतिमा सफल हुन सकिने बताए । आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३७ हजार आठ सय ६१ विश्व क्षयरोगका बिरामीको उपचार हुने गरेकामा ९१ दशमलव पाँच प्रतिशत बिरामी निको हुने गरेका छन् । क्षयरोगीमध्ये ६१ दशमलव ६ प्रतिशत पुरुष, ३८.४ प्रतिशत महिला र आठ दशमलव सात प्रतिशत १५ वर्षभन्दा मुनिका बालबालिका रहेका छन् ।

नेपाल सरकारले आगामी आव २०८२/८३ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्षयरोग अन्त्यका रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चवर्षीय रणनीतिक योजना २०७८/७९–२०८२/८३ तयार गरी कार्यन्वयनमा ल्याएको छ । रणनीतिक योजनाले गुणस्तरीय क्षयरोग सेवाको विस्तार, देशका विभिन्न स्थानमा क्षयरोग प्रेषक प्रयोगशालाको स्थापना, माइक्रोस्कोपिक केन्द्रको विस्तार, केन्द्रीयस्तरमा निर्माण सम्पन्न भएका छातीरोग अस्पतालको सञ्चालन, सातवटै प्रदेशमा क्षयरोग उपचार केन्द्र स्थापना र क्षयरोग रोकथाम तथा उपचार सेवाको विस्तार लगायत योजना अघि सारेको छ । यस वर्ष ‘हो । हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाइएको छ ।

प्रकाशित : १० चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६