खोज–अनुसन्धान

माओवादीभित्रको विवादले पदाधिकारी छनौट गर्न सकस



बुटवल १० चैत । लुम्बिनी प्रदेशमा माओवादीभित्रको विवादले संसदीय समितिका पदाधिकारी छनौट गर्न सकस देखिएको छ । अहिले प्रदेशसभामा माओवादी संसदीय दलको नेता जोखबहादुर महरा छन् । आन्तरिक विवादकै कारण माओवादी संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतक चयन हुन सकेको छैन । माओवादी भित्रको विवादले कारणले कृष्णा केसी ९नमुना०ले मन्त्रीको शपथ ग्रहण गरे पनि अझैसम्म मन्त्रालय आएर कार्यभार सम्हालेकी छैनन् । उनले आफूलाई उपयुक्त मन्त्रालय प्रदान गर्न पार्टी नेतृत्व चुकेको भन्दै असन्तुष्टि जनाउँदै आएकी छन् । यस्तै माओवादी संसदीय दलका नेता जोखबहादुर महराको कार्यशैलीप्रति प्रश्न उठाउँदै बहुमत सांसदले संसदीय दलको नेताबाट हटाउन मागसहित पार्टीको प्रदेश अध्यक्ष र केन्द्रीय समितिमा हालै पत्र पठाएका छन् । महराले भने यसबारे सामान्य छलफल मात्रै भएको बताए । लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल गर्न बिहीबार संसदीय दलको बैठक बोलाए पनि कुनै निर्णयमा पुग्न सकेन । माओवादीको निर्णय कुरेर बसेका साना दलहरू पनि माओवादीभित्रको विवादले ठोस निर्णय नआउँदा अलमलमा परेका छन
लुम्बिनी प्रदेशसभामा १० जना सांसद् रहेको माओवादी केन्द्रमा हालै स्वतन्त्र रूपमा चुनाव जितेका रुकुमका सरुल पुन समेत प्रवेश गरेका छन् । तर प्रदेशसभामा त्यो विवरण अद्यावधिक नभएका कारण माओवादी केन्द्रको सांसदमा उनी समावेश भइसकेका छैनन् । माओवादी संसदीय दलका नेता महराले सरकारका विषयमा केन्द्रबाट टुङ्गिएपछि मात्रै लुम्बिनी प्रदेशमा समर्थन लिने विषयमा निर्णय गर्ने बताए ।
माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतक लगायत संसदीय समितिका पदाधिकारी पनि प्याकेजमा टुङ्ग्याउने तयारी भएकाले केही ढिला भएको बताए । माओवादी केन्द्रका संसदीय दलको नेता महराको पक्षमा चार सांसदमात्र रहेको बताइन्छ । बहुमत सांसद उनीप्रति असन्तुष्ट देखिएपछि पार्टी संसदीय दलको बैठकले समेत ठोस निर्णय गर्न नसकेको स्रोत बताउँछ ।
माओवादी केन्द्रका केही सांसदले वर्तमान सरकारलाई नै निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् भने केहीले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अडान लिएका छन् । पार्टीभित्रको विवादकै कारण महराले ठोस निर्णय लिन नसकेको अन्य दलहरुको बुझाइ छ ।

प्रकाशित : १० चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६