देश

प्रतिनिधि सभाको बैठक आज बस्दै, कार्यसूचीमा सत्य निरुपण विधेयक



काठमाडौं, १२ चैत्र। प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सो प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्ने उल्लेख छ । अघिल्लो बैठकमा यस सम्बन्धी विधेयक प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रस्तुत गरेकी थिइन् ।

आजको बैठकमा त्यसमा छलफल हुने संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए । छलफल सकिएपछि संशोधनका लागि ७२ घण्टे समय अवधि तोक्ने, संसदीय समितिमा पठाउने लगायतका प्रक्रिया छन् । तर संक्रमणकालीन न्यायसँग सम्बन्धित यी विधेयकलाई सरकारले फास्ट ट्र्याकबाट पारित गर्ने तयारी गरेको छ ।

संवैधानिक परिषद् सम्बन्धी विधेयक पनि कार्यसूचीमा

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट नै संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

साथै सभामुख देवराज घिमिरेले पूर्वसभासद गणेशप्रसाद विमलीको निधनको शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि पनि छ । २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सदस्यको रुपमा निर्वाचित भएका विमलीको ७४ वर्षको उमेरमा २०७९ चैत ७ गते निधन भएको थियो ।

यसैबीच आजै दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक पनि बस्दै छ । बैठकमा डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ पेस गर्ने कार्यसूचि छ ।

प्रकाशित : १२ चैत्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६