देश

कांग्रेसले कुन–कुन मन्त्रालय पाउँदैछन् ?




काठमाडौं, १२ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट दोस्रोपटक विस्वासको मत पाएपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी गएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कासँग छलफलपछि सोमबार मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा प्रचण्ड पुगेका हुन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट एमाले र राप्रपा बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिएका थिए । कांग्रेस सबैभन्दा ठूलो दल भएकाले यसअघि एमालेले पाएको संख्या बाराबर मन्त्रालयमा आफूहरूको दाबी रहेको खड्काले बताए ।

‘हामीले प्रधानमन्त्रीज्यूसँग एमालेले पाएको संख्या बराबर मन्त्रालय दाबी गरेका छौं । यसविषयमा छलफल जारी छ । भोलिसम्म हामी सरकारमा सहभागी हुनेछौं’, उनले भने ।

यसअघि एमालेले पाएका मन्त्रालय नै कांग्रेसले पाउने लगभग पक्का भएको कांग्रेसका एक पदाधिकारीले बताएका छन् । मन्त्रालय भागबण्डामा कांग्रेसले ८ मन्त्रालय पाउने निश्चित भएपनि केही मन्त्रालयमा कुरा नमिलेको ती नेताले बताए ।

‘गृहमन्त्रालय माओवादीले लिने भएपछि अर्थ, रक्षा, परराष्ट्र, स्वास्थ्य, उद्योग बाणिज्य मन्त्रालय हामीले पाउने लगभग सहमति भएको छ । केही मन्त्रालयमा कुरा मिल्न बाँकी भएकाले आइतबारसम्म मन्त्रालय बाँडफाँटमा टुंगोमा पुर्याउने छौं’, ती नेताले भने ।

तत्कालीन मन्त्रिपरिषद्मा एमालेले अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य, उद्योग वाणिज्य तथा आपूर्ति, भूमिसुधार सहकारी तथा गरिबी निवारण कृषि तथा पशुपन्छी महिलो, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लिएको थियो ।

कांग्रेसबाट खड्काले उपप्रधान तथा अर्थमन्त्रालयको जिम्मेवारीसहित नेतृत्व लिने लगभग पक्का भएको छ । अन्य मन्त्रीमा शेखर पक्षबाट अर्जुन नरसिंह केसी, धनराज गुरुङ, डीगबहादुर लिम्बूमध्ये २ जना मन्त्री बन्ने सम्भावना रहेको छ ।

त्यस्तै परराष्ट्रमा डा. प्रकाशशरण महत आउने सम्भावन रहेको छ । यसैगरी सीता गुरुङ, रामहरी खतिवडाले मन्त्रीमा दाबी गरेका छन् । रमेश रिजाल, किशोरसिंह राठोर, एनपी साउद मन्त्री बन्ने लाइनमा छन् । कांग्रेसले यो पटक योग्यता, योगदान र समावेशीताको आधारमा मन्त्री छान्न लागिएको हो ।

प्रकाशित : १२ चैत्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६