काठमाडौं, १२ चैत्र। जनता समाजवादी पाटी (जसपा) कि सांसद रञ्जुकुमारी झाले संसदमा नागरिकता विधेयक ल्याउन माग गरेकी छन् ।
आइतबार संसदमा बोल्दै उनले संघीयता कार्यान्वयनका लागि आवश्यक विधेयकहरु ल्याउन माग गरेकी हुन् । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले संक्रमणकालीन न्यायलाई दिगो रुपमा सम्बोधन गरेर जानुपर्ने बताइन् ।
यो विधेयक पारित गर्नुपर्नेमा आफ्नो समर्थन रहेको भन्दै उनले नागरिकता विधेयक पनि संसदमा ल्याउन सरकारको ध्यानाकर्षण गरेकी हुन् ।
‘जसरी गम्भीरताका साथ यो विधेयक संसदमा आयो त्यसरी नै गम्भीरताका साथ नागरिकता विधेयक यो सदनमा आओस्’, उनले भनिन् ।








प्रतिक्रिया