अर्घाखाँची १२ चैत, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ५१ प्रतिशत एक्लैको जित भन्नु नै मिसन ग्रासरुटको लक्ष्य रहेको वताएका छन् । उनले अव १० दल होइन सबै दल हाम्रा विरुद्ध एक भएर आउन सक्छन् तरपनि एमाले एक्लैले ३ तहको चुनावमा वडादेखि संघिय सांसद सम्म ५१ प्रतिशत जित्नै पर्छ त्यही गन्तब्यमा पुराउन नै मिसन ग्रासरुट चलाइएको हो ओलीले भने । कार्यकर्ताको आचरण र ब्यवहार कस्तो हुनु पर्छ भन्ने स्पष्ट पार्दै ओलीले भने मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन सब्दैन ।नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘बेलुका बाटोमा सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर जाने हुन्छ, एमाले नेता तथा कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ।’
समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान एमालेको रहेको भन्दै उनले सुशासनसहित र भ्रष्टाचाररहित देश बनाउन नेकपा एमाले राष्ट्रिय शक्ति निर्माणमा लागेको बताए । एमाले एक्लैले ५१ प्रतिशत ल्याउनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गर्दै उनले भने, ‘मिसन ग्रासरुटमार्फत एमालेले ५१ प्रतिशत उपलब्धि हात पार्छ।’अध्यक्ष ओलीले हरेक वडा, हरेक पालिका हरेक प्रदेश र सङ्घका सबै निर्वाचनमा ५१ प्रतिशत बढी ल्याउने गरी एमाले सङ्गठन निर्माणमा लागेको जानकारी दिए ।
एमाले जस्तो पार्टीका कार्यकर्ताले पार्टीलाई भोट नदिने कुरा सोच्नै नसक्ने उनको भनाइ थियो।व्यक्तिसँग अन्तरविरोध भए पनि पार्टीलाई जिताउन सबै लाग्नुपर्ने बताउँदै समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिलाउन अन्तरविरोध गरेर भोट नदिने कार्य नगर्न कार्यकर्तालाई उनले आग्रह गरे ।एमालेमा महिला नेता र कार्यकर्ता बीच अन्तर विरोध नरहेको वताउदै पुरुषहरु तर्फ मात्र अन्तर विरोध भएको कुरालाई भाले प्रबृत्तिको संज्ञा दिए । यो भाले प्रबृत्ति हटाऔं पोथी जस्तै सिधासाधा भएर पार्टी निर्माण गरौओलीले कार्यकर्तालाई आग्रह गरे ।
१२ चैत्र २०७९, आइतबार
प्रतिक्रिया