अर्थ-वाणिज्य

तिलौराकोट–कपिलबस्तु सम्पदा उत्सव’ : बर्षाैंसम्म खन्ने ,पुर्ने र डलर खाने काम रोक्न आग्रह




कपिलबस्तु, १४ चैत । प्राचिन शाक्य गणराज्यको राजधानी कपिलबस्तुुका पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रचार प्रसार गर्ने उद्देश्यले सोमबार ‘तिलौराकोट–कपिलबस्तु सम्पदा उत्सव’ गरिएको छ । लुम्बिनी विकास कोष, पुरातात्व विभाग, यूनेस्को लगायतका संस्थाहरुको संयुक्त आयोजनामा तिलौराकोटमा सम्पदा उत्सव गरिएको हो । उक्त अवसरमा बोल्दै प्रतिनिधिसभा सदस्य अमृता अग्रहरीले बुद्धको गृहनगर प्राचिन कपिलबस्तुका पुरातात्विक सम्पदाहरुको उत्खनन चाँडो गर्न आग्रह गरिन । खी उनले बर्षाैदेखि उत्खननका नाममा खन्ने पुर्ने र डलरमा तलव खाने तर तिलौराकोट जहिको तहि रहने स्थिती अन्त्यहुनुपर्ने वताइन ।बुुद्धले २९ बर्ष बिताएको कपिलबस्तुु पछाडि परेको बताउँदै यसको तिव्र विकासमा लागि पर्ने बताईन ।
यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले तिलौराकोटलाई जतिसक्दो चाँडो विश्व सम्पदा सूूचीमा सूचीकरण गर्न पुरातात्व विभाग र लुम्बिनी विकास कोषलाई आग्रह गरे । उनले कपिलबस्तुुमा सयौं उत्खनन गर्नुपर्ने सम्पदाहरु रहेको तर, उत्खनन हुन नसकेको बताए । अर्का प्रदेशसभा सदस्य अर्जुन केसीले कपिलबस्तुुमा निकै सुुस्त गतीमा उत्खनन हुँदा पुरातात्विक सम्पदाहरु विनाश हुने खतरामा रहेको बताए । उनले पुरातात्व विभागलाई उत्खनन गर्ने जनशक्ति उत्पदानमा ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय (अवधेकुमार त्रिपार्ठी )ले पुरातात्विक हिसाबले अन्वेषण गर्नुपर्ने भएकाले विकासमा ढिलाई भएको बताए । उनले तिलौराकोटलाई आगामि सन् २०२४ मा विश्वसम्पदा सूूचीमा सूूचिकरण गर्नका लागि प्रस्ताव पेश गर्ने गरि तयारी गरिएको बताए । उनले कपिलबस्तुुको विकासका सवालमा लुम्बिनी विकास कोषले गुुरुयोजना तयार पारेर केहि महिनामा सार्वजनिक गर्ने र त्यसैका आधारमा विकासको गति अगाडि बढ्ने बताए ।
यस्तै कार्यक्रममा पुरातात्व विभागका महानिर्देशक दामोदर गौतमले तिलौराकोटलाई विश्व सम्पदा सूूचीमा सूूचीकरण गर्नका लागि उच्च प्राथिमिकतामा राखेको बताउँदै त्यसका लागि विभागले उत्खननलाई पनि तिव्रता दिएको बताए । उनले कपिलबस्तुमा अझै ठूूलो स्केलमा उत्खनन र देखिने गरि काम गर्नुपर्ने खाँचो रहेको बताए । सम्पदा उत्सवमा दुुर्हम विश्वविद्यालयका प्रोफेसर डा। रविन कनिङघम र पुरातात्व विभागका पुरातात्व अधिकृत विष्णुु पाठकले पछिल्लो पटक गरेको उत्खननबाट तिलौराकोटको विहार क्षेत्रमा बौद्धकालिन अवशेषहरु फेला परेको जानकारी गराएका थिए ।
कार्यक्रममा भाषा सस्कृतीका बिषयमा प्यानल छलफल समेत गरिएको थियो । आदिवासि जनजातीको भाषा र सस्कृती सम्पदाका बिषयमा गंगा पुन, देवराज गुुरुङ, सुमित्रा थारु सहभागी छलफलमा बर्षा लेखीले सहजीकरण गरेकी थिईन । उत्सवमा थारु कला सस्कृतीहरुको प्रदर्शन तथा विभिन्न नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम अघि विभिन्न देशबाट आएका विज्ञ समूहरुलाई प्रो। डा रविन कनिङघमले तिलौराकोट दरबार क्षेत्र, उत्खननबाट प्राप्त प्रमाणहरुको बारेमा जानकारी गराएका थिए । कपिलबस्तुमा प्रत्येक बर्ष तिलौराकोट–कपिलबस्तुु सम्पदा हुँदै आएको कोषका कपिलबस्तुु शाखा प्रमुख माधव प्रसाद आचार्यले जानकारी दिए ।

प्रकाशित : १४ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६