अन्तर्राष्ट्रिय

अबैध रुपमा भित्राइएको ४० बोरा चिनी ओदारीवाट बरामद




कपिलवस्तु १४ चैत। अबैध रुपमा भारतबाट भित्राइएको ४० बोरा चिनी कपिलवस्तु प्रहरीले बरामद गरेको छ । कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं.११ ओदारी स्थित सडकको छेउमा वेबारिसे अबस्थामा ४० बोरा १९८३ कि.ग्रा. चिनी बरामद गरिएको हो । १ लाख बाराबरको भंसार छली चिनी बरामद गरी सुठौलि भन्सार कार्यालय कपिलवस्तु पठाईएको प्रहरी निरिक्षक शैलेश्वरी बोहोराले बताए ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी गस्ति टोलिले सो चिनी बरामद गरेको हो । ९९ हजार १५० रुपैया मुल्य कायम गरी बरामद गरिएको चिनी सुठौली भन्सार चलान गरिएको निरीक्षक बोहोराले बताईन । श्रोत अनुसार सो चिनी ट्रकबाट अबैधरुपमा चाकरचौडा नाकाबाट भित्राइएको हो ।

प्रकाशित : १४ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६