कृषि

बोकालाई संगिनी सुई: उपभोक्ताको स्वास्थ्यमाथि धोका




गुल्मी १४ चैत । गुल्मीमा महिलालाई लगाउने तीन महिने सुई बाख्राका बोका, पाठालाई लगाउने गरेको पाइएकोछ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर २ र ७ मा रहेका कृषकको बोका पाठालाई तीन महिने सुई लगाउने गरेको पाइएको हो ।स्थानीय निजी क्षेत्रमा रहेका पशु सेवामा कामकाज गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूबाट नियम विपरित महिलामा प्रयोग गर्ने हर्मोन संगीनी सुइ प्रगोग गरेको पाइएको भन्दै गाउँपालिकाले उक्त कार्य रोक्न सूचना जारी गरेको छ ।
गलत रुपमा प्रयोग गरिएको उक्त हर्मोनको दिर्घकालिन असर मानव स्वास्थ्यमा पर्नजाने भएकोले सो कार्य यथासिघ्र बन्द गराउन अनुरोध गर्दै पालिकाले सूचना जारी गरेको हो । गाउँपालिकाले उक्त कार्य गरेको पाइएमा पशु चिकित्सक तथा कृषक दुबैलाई कानून अनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ ।यो कार्य मासुखाने उपभोक्ताका लागि भने स्वास्थ्य माथिको गंभिर धोका हो ।

प्रकाशित : १४ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६